भक्तपुरमा गएराती ट्रिपरले ब्याक गरेर मोटरसाइकलसहित मान्छे किच्यो

भक्तपुर, ६ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमिले जनाएको छ।

तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शी राजाराम खत्रीले जानकारी दिए।

“टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरी किच्यो,” खत्रीले भने।

प्रहरीले टिपर र टिपर चालकलार्इ भगाएको आरोप प्रतक्ष्यदर्शीले लगाएका छन्। प्रहरीले टिपर चालकलाई पक्राउ गरेपछि भगाएको स्थानीयको भनाइ छ। स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताए।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताए।

टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उनको भनाई छ। घटना स्थलमा राती सवा १० बजेसम्म आक्रोसित स्थानीयले टिपर र प्रहरी विरुद्ध नाराबाजी गर्दै टिपर बन्द गर्न माग गरेका थिए।

Loading...