टेलिकले अपडेट मोवार्इल एपमा यस्ता गिफ्ट प्याकेज

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो मुख्य मोबाइल एप्लिकेसनलाइ अपडेट गरेको छ । अपडेट गरिएको एपबाट गिफ्ट स्वरुप टेलिकमका विभिन्न प्याकेट एकले अर्कोलाई पठाउन पाउने लगायतका नयाँ फिचर समेत थपिएको छ ।

गुगलको एन्डोइड र एप्पलको आइओएस अपेरेटिङ सिस्टमका मोबाइलमा डाउनलोड गरेर चलाउन मिल्ने ‘नेपाल टेलिकम’ एपबाट एडिएसएल, पिएसटिएन, सिडिडएमए, जिएसएम र सिडिएमए लगायतका टेलिकमका सेवाको बारेमा जानकारी लिन सकिने व्यस्था गरिएको छ ।

आफ्नो मोबाइलमा भएको व्यालेन्सको जानकारी पनि एपमै हेर्न सकिने छ भने विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज बनाइएको टेलिकमले जनाएको छ । कम्पनीको फेसबुक, ट्वीटर लगाएतका सामाजिक संजालमा पनि एपबाट सिधै पहुँच हुने व्यवस्था गरिएको छ ।

एपमा कोही साथी वा आफ्नो मान्छेलाई मिसकल अलर्ट, भ्वाइस र डाटा प्याकेजहरू सहजै पठाउन सकिने सुविधा दिइएको हो । प्याकेज वापतको रकम आफ्नो मोबाइलबाट काटिने व्यवस्था छ । रिचार्ज कार्डबाट विल भुक्तानी गर्नेदेखि एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरि अनयावस्यक सेवा लिन मिल्ने बनाइएको छ ।

नेपाल टेलिकमको १९७ र १४९८ नम्बरमा पनि सिधै एपबाट डायल गर्न सकिनेछ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

Loading...