दुर्इ दिनमै हलबाट खुसुक्क चलचित्र हटाएपछि हलविरुद्ध गुनगुनले हाल्यो मुद्दा

काठमाडाैं । कार्तिक ३० गतेदेखि रिलिज भएको सिनेमा ‘गुनगुन’लाई बालाजुस्थित अष्ट नारायण हलले हटाएको छ। शुक्रबार रिलिज भएको सिनेमालाई रिलिज भएको भोलिपल्टै हलबाट हटाइएको हो।

बिनाजानकारी अष्टनारायण हलले आफ्नो सिनेमा हटाएपछि निर्माता पुकार भट्टराईले क्षतिपूर्तिको माग गर्दै हललाई कारबाही गर्नुपर्ने माग राखेका छन्। सिनेमा निर्माण र प्रर्दशन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारवबाही माग गरेर निर्देशक समेत रहेका भट्टराईले चलचित्र निर्माता संघमा निवेदन पेश गरेका छन्। गुनगुन सिनेमा गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो।

सञ्चिता लुईंटेल, रवीन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दीप राई, विपिन प्रसाईं र निर्देशक भट्टराईको अभिनय रहेको छ।

यस्ताे छ गुनगुनकाे गुनगुन

Loading...