कोठा नम्बर ५०२ मा प्रहरी नै चकित पर्ने मारवाडीकाे यस्ताे हर्कत

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । शनिबार राति छापा मारेर प्रहरीले ७ लाख ६१ हजार १९० रुपैयाँ नेपाली र एक हजार ८ सय ८० रुपैयाँ भारुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

गौशालाबाट गएको प्रहरी टोलीले होटलको पाँचौं तलाको कोठा नम्बर ५०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा मनोजकुमार चितलांग, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार एलन, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवि नेमानी, जगदिश कुमार, मनिषकुमार नेमानी, विकासकुमार नेमानी, मनोजकुमार तितवाल छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू उच्च घरानाका व्यापारी हुन् । होटल सञ्चालक महेश गोयलको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

Loading...