बाख्रा चराउन गएकी अर्की १३ वर्षीय बालिकाको बलत्कारपछि निर्मम हत्या

काठमाडौं, १ कार्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका अपराधी फेला नपर्दै उदयपुरमा उनकै उमेरकी अर्की बालिकाको बलात्कारपछि हत्या भएको छ।

रतुवामाई गाउँपालिका -३ की १३ वर्षीया ती बालिकाको कात्तिक २६ गते शव फेला परेको थियो। प्रहरीले उनको शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल पठाएको थियो।

पोष्टमोर्टम रिपोर्टमा ती बालिकाको बलात्कारपछि हत्या भएको देखिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको थियो।

तीमध्ये दुई किशोरमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए। बाँकीको संलग्नता नदेखिएपछि रिहा गरिएको छ। राईका अनुसार हिरासतमा रहेका दुई जनामध्ये एकजना बालिकाका साथी हुन् भने अर्का उनका गाउँले हुन्। उनीहरूको उमेर १५ र १७ वर्ष छ।

ती बालिका घरबाट शनिबार बाख्रा चराउन गएकी थिइन्। राति अबेरसम्म नफर्केपछि परिवारले उनको खोजी गरेको थियो। भोलिपल्ट दिउँसो उनको घरबाट आधा घन्टाको दूरीमा रहेको अमला भन्ने ठाउँमा उनको शव भेटिएको थियो।

Loading...