विश्वकप विजेता फ्रान्स विश्वकपमा छनौट हुन नसकेको नेदरल्याण्डसँग पराजित

काठमाडाैं । विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले गोल गरे । ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको ६ टौँ मिनेटमा डिपेयीले पेनाल्टी मार्फत गोल गरेपछि नेदरल्याण्डस २–० ले विजयी भयो ।

नेदरल्याण्डससँगको हारसँगै विश्व विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । समूह ए वानमा रहेको जर्मनी भने प्रतियोगिताबाट रेलिगेशनमा परेको छ । अर्थात उसले युइएफए नेशन्स लिग अन्तगर्तको बी क्याटगोरीमा खेल्नु पर्नेछ अब ।

आउँदो सोमबार नेदरल्याण्डसले जर्मनीसँग खेल्दैछ । यो खेलमा जर्मनीका लागि प्रतिष्ठा तथा नेदरल्याण्डसका लागि समूह विजेता बन्ने मौका हो । फ्रान्स सात अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डसको ६ अंक रहेको छ ।

युइएफए नेशन्स लिग अन्तर्गत समूह विजेता बनेका टिम आउँदो वर्ष हुने छनौटमा असफल भएमा सन् २०२० को युरोकप प्लेअफका लागि छनौट हुनेछन् ।

अरु खेलमा अर्मेनियाले जिब्रालटारलाई ६–२, मेसेडोनियाले लिचेस्टाइनलाई २–०, स्लोभाकियाले युक्रेनलाई ४–१ तथा डेनमार्कले वेल्सलाई २–१ ले हरायो । यस्तै साइप्रस र बुल्गेरिया तथा स्लोभेनिया र नर्वेले १–१ को बराबरी खेलेका छन् ।

Loading...