डडल्धुरामा फेरि अर्को जिप दुर्घटना, २ को मृत्यु, १५ घाइते

धनगढी, १ मंसिर । डडेलधुराको भागेश्वर गाउपालिका, ४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।

सदरमुकामबाट भागेश्वर जाँदै गरेको म १ ज १८० नम्बरको जिप केहिबेर अघि दुर्घटना भएको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन । घाइतेको नाम खुल्न सकेकाे छैन । प्रहरी अहिले घटना भएको ठाउँमा पुगेको छ । उद्धार भइरहेको छ ।

Loading...