नेपाली मार्शल आर्ट चौथो राष्टिय बुडोकाईदो तथा पहिलो अन्तर राष्ट्रिय प्रतियोगिता हुने

३० कार्तिक,  ललितपुर /  चौथो राष्टिय बुडोकाईदो तथा पहिलो अन्तर राष्ट्रिय फुलकन्त्यक्त् प्रतियोगिता यही मंसिर २१ ,२२ गते हुने भएको छ । ललितपुरको सुनाकोठी बुडोकाइदो युवा क्लवको आयोजनामा अधिराज्य भरिका खेलाडीका साथै बाहिर देशमा- इन्डिया ,पाकिस्थान ,मोरक्वो ,भुटान लगाएत देशका खेलाडीको सहभागिता रहने छ ।
नेपालबाट सुरु गरिएको यो नेपाली मार्शल आर्ट खेलको सुरुवात बि स २०३२मा सागरमान श्रेष्ठले सबैमा परिचित गराएको हो । हाल यो खेल २७ राष्ट्रमा लोकप्रिय रहेको छ । नेपाल लगाएत अन्य मुलुकमा यस खेल खेल्दा लगाइने पोशाकमा नेपाली राष्ट्रिय झण्डा का साथै नेपालको मौलिक लिपि रन्जना लिपिनै रहेको हुन्छ । खेलको प्रारम्भमा नेपाली शब्दनै उच्चारण गर्नु पर्ने नियेम रहेको हुदा नेपाली आविस्कार खेलको रुपमा विश्वमा चिनाउन सकेको खेलका प्रशिक्षक बिक्रम महर्जनले बताउनु भयो ।
खेल प्रतियोगिता ललितपूर सुनाकोठी स्थित बालकुमारी चौरमा हुने आयोजकले बताएको छ ।

Loading...