दिपिका पादुकोणले भारतबाट इटाली गएर गरिन रणवीरसँग विवाह

काठमाडाैं । बलिउडका सुन्दर जोडीका रुपमा परिचित दीपिका पादुकोण र रणवीर सिंह अब पति पत्नी बनेका छन् । उनीहरुले बुधबार इटालीमा एक भब्य समारोहबीच बिहे गरे‍का छन् ।

लामो प्रेम सम्बन्धपछि दुवै परिवार र नजिकका नातेदारको उपस्थितिमा इटालीको लेक कोमोमा यी जोडी दाम्पत्य जीवनमा बाँधिएका हुन् । बलिउडका लागि यो वर्षकै सबैभन्दा ठुलो बिहे हो ।

यसभन्दा पहले यही साल सोनम कपुर र आनन्द आहूजाले पनि बिहे गरेका थिए । रणवीर-दीपिकालाई सामाजिक सञ्जालमा शुभचिन्तक र प्रशंसकले बधाई दिएका छन् ।

अब १५ नोभेम्बर अर्थात् भोली यो जोडीले सिन्धी रीति रिवाज अनुसार फेरि बिहे गर्नेछन् । यी जोडीको आझ कोन्कणी रिवाज अनुसार मन्त्रोच्चारणबीच दुवैजनाले बिहे गरे। पारम्परिक रिवाज अनुसार वर बधुले चार फेरा लिएका हुन् ।

बलिउडका निर्देशक करण जौहरले सबैभन्दा पहिले दीपिका र रणवीरलाई बिहेको शुभकामना दिए । बिहेस्थलमा सेतो गुलाब र वाटर लिलीबाट सजाइएको थियो । बिहेका क्रममा त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको थियो । पानीदेखि स्थलसम्म कडा निगरानी राखिएको थियो । उनीहरुको बिहेमा करिब ४० जना पाहुना सहभागी भएका थिए ।

फिल्म फेयरको रिपोर्ट अनुसार बलिउडबाट दुईजना पाहुना बिहेमा जाने सूचीमा थिए । यी दुई पाहुनामा शाहरुख खान र सञ्जय लीला भन्साली थिए । तर उनीहरु बिहेमा पुगे नपुगेको बारेमा केही विवरण आएको छैन ।

Loading...