वर्ल्डलिंकले पायो आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

एसियन ओसेइएन कप्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक कम्युनिकेसन्स सम्मानित भएको हो । संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको जनाएको छ ।

यससँगै उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ । जापानको राजधानी टोकियोमा बिहीबार आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वल्र्ड लिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले पु¥याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रियस्तरको पूर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै उक्त अवार्ड प्राप्त गरेको हो ।

असोसिओले आफैंले आन्तरिक रूपमा मूल्यांकन गरेर वल्र्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

Loading...