पाटन संग्रालयको २१ औं बार्षिकोत्सवको सम्पन्न ,मुखपत्र बिमोचन

अडियो भिजुअल कक्षको सुभारम्भ

 

    ललितपुरको पाटन संग्रालयको २१ औं बार्षिकोत्सवको अबसरमा भण्डारखाल बगैचामा परिषदमा मंगबार सोलार प्यानल संगै संग्रालय पत्र भाग २ को सर्बोजनिक भएको छ ।
अष्ट्रेलियन डेभलपमेन्ट एजेन्सीको आर्थिक सहयोगमा जडीत् सोलार प्यानलको उत्घाटन एजेन्सीका निर्देशक मार्टिन लेडोल्टले गर्नुभएको हो ।
यसैगरि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयया सचिव व यल म्यूजियमया नायः कृष्णप्रसाद देवकोटाले संयुक्त रुपमा संग्रालय पत्र सर्बोजनिक गर्नु भएको हो ।

ललितपुर महानगरपालिकाका मेयर महर्जले पाटन संग्रहालय भित्र रहेका पुरातात्विक बगैचालाइ सम्पदा युक्त मौलिक स्वरूप दिइ पुननिर्माण गर्न महानगरपालिकाले उचित बजेटको व्यवस्था गरिने बताउनु भयो ।
यसै अवसरमा संग्रलाये क्षेत्र भित्र अडियो भिजुएल कक्ष समेत संचालन गरिएको छ । काठमाडौं उपत्यका संरक्षण कोषको सहयोगमा तीन वटा प्रोजेक्टर बात कक्ष संचालनमा ल्याइएको हो । एस भिजुएल कक्षमा फिलिडेपा म्युजियममा संग्रह गरिएका २०० सय बर्ष अगाडिको नेपाको प्राचिन थान्का पौभाः कलाको उत्कृष्ट नमूना प्रदर्शन गरिएको छ ।
पाटन संग्रहालय विकास समितिकासदस्य सचिव सुरेश लाखेंले एस कक्षको संकलनमा काठमाडौँ उपत्येका भित्रका अमूर्त सम्पदाहरु समावेस गरिएको बताउनु भयो ।

Loading...