छठ अस्ताउँदो सुर्यलार्इ पुजा गरी भव्य रुपमा मनाइदै

काठमाडौं, २७ कार्तिक । तरार्इवासीहरुकाे महान पर्व छठ मनाइदैछ । आज छठ पर्वको तेस्रो दिन हाे । यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

छठ चार दिनसम्म मनाइने गरिन्छ । छठकाे अन्तिम तथा चाैथाे दिन अाज मुख्य दिन हाे । अाज छठ पर्व मनाउनेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा गर्ने गर्दछन । अाज साँझदेखि केही पनि नखाएर भाेलि बिहान सुर्य उदाउँदासम्म केही पनि नखाने गरिन्छ ।

छठका अवसरमा आज काठमाडौं उपत्यकालगायत तरार्इका विभिन्न जिल्लामा सुर्यलार्इ अर्घ दिएर छठ मनाइएकाे छ । भाेलि बिहान बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

छठमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

छठपर्वको अवसरमा काठमाडौँकाे बागमती र विष्णुमति नदी किनार तथा कमलपोखरीमा ठूलाे संख्यामा मानिसहरुकाे भिड लागेकाे छ । गएका बर्ष झैँ छठमा पहाडी समूदायले समेत ब्रत बस्न सुरु गरेका छन् । 

Loading...