हङ्कङमा एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हुने

काठमाडाैं । हङकङमा एभरेष्ट इन्टरनेशनल अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउन पाउने छन् ।

हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा हुने उक्त अवार्डको नेपालमा भने संगिक्षा फिल्मस्ले संयोजन गर्ने छ । अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् ।

अवार्डको संयोजकको रुपमा शान्ती नेपाली रहेकी छिन् । यो अवार्डमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याउने एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

कुल २१ विधामा प्रदान गरिने अवार्डमा लागि नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली सहभागी हुनेछ ।

Loading...