आर्थिक अभावका कारण एेतिहाशिक कार्तिक नाच १२ दिन मात्र देखाइने

   ललितपुरको प्रख्यात एेतिहाशिक कार्तिक नाच आजबाट मंगलबजार स्थित कार्तिक दवलिमा आजबाट देखाइदै छ । ३७८ बर्ष पुरानो यो नाच राजा शिध्दी नरसिंह मल्लले चलाएको इतिहासमा उल्लेख छ ।  आर्थिक अभाव झेल्दै आएको यो नाच एस बर्ष १२ दिनमात्र देखिने भएको छ । एक महिना देखाउने तैयारी रहेतापनि खर्च अभाब भएका कारण अघिल्लो बर्ष झैँ एस बर्ष पनि १२ दिनमात्र देखिने कार्तिक नाच ब्यबस्थापन समितिले बताएको छ ।
नेपाल सम्बत ७६१ बात लगातार देखिदै आएको यस नाचमा कृष्ण लिलामा आधारित दिनै पिच्छे फरक फरक रुपमा देखाइन्छ । नाचका सबै भूमिकामा राजोउपाध्या ,जोशी ,चित्रकार ,श्रेष्ठ लगाएत सबै नेवार समुदाय प्रतिनिधित्वो हुने गर्दछ ।
आइतबार मंगलबजार दरवार क्षेत्र भित्रको नास: चोकमा नात्येश्वोरको विधिवत पुजा समापन गरिएको छ । नेवार समुदयेमा कलासम्बन्धी कुनै कार्य प्रारम्भ गर्नु अगाडी नात्यश्वोर नास: द्य: पुजा गर्ने परम्परा रहीआएको छ । 

Loading...