ला लिगाको पहिलो स्थानमा रहेको बार्सिलोना १६ स्थानको बेटिससँग ४ गोल खाएर पराजित

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रक्षा अभियानमा रहेको बार्सिलोनालाई रियल बेटिसले धक्का दिएको छ । घाइते भइ विश्राममा रहेर पुनरागमन गरेका लियोनेल मेसीले २ गोल गरे पनि बार्सिलोना पराजय भोग्न बाध्य भयो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बेटिसले खेलको २० औँ मिनेटमा जुनियोर फिर्पोको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ३४ औँ मिनेटमा जाओक्विनले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।

पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा बार्सिलोनाका लागि खेलको ६८ औँ मिनेटमा मेसीले पेनाल्टीबाट गोल खेलमा फर्किने सम्भावना बढाए । त्यसपछि बेटिसले फेरि अग्रता बढायो ।

खेलको ७१ औँ मिनेटमा गियोभानी लो केल्सोले गोल गरेपछि बार्सिलोना ३–१ गोल अन्रतले पछि पर्यो । तर खेलको ७९ औँ मिनेटमा अट्र्युरो भिडालले गोल गर्दै अग्रता ३–२ मा झारे । भिडालले गोल गरेको ४ मिनेटमै बेटिसका सर्जियो कानालेसले गोल गरेपछि बार्सिलोना फेरि २ गोलले पछि पर्यो ।

यस्तो बार्सिलोनाले खेलको अन्तिम समयसम्म पनि संघर्ष गरिरह्यो । मेसीले खेलको अतिरिक्त समयको चौथो मिनेटमा भिडालको पासमा गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए मेसीले गोल गरेपछि बार्सिलोनाले खेल बेटिसलाई ३–४ ले सुम्पिन बाध्य भयो ।

यो हारपछि पनि बार्सिलोना १२ खेलबाट २४ अंकसहित लिगको पहिलो स्थानमै छ । १२ खेलबाटै २३ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । विजयी भएको बेटिस भने १२ खेलबाट १२ अंकसहित लिगको १६ औँ स्थानमा छ ।

Loading...