ग्यास बुलेट बोकेको भारतीय ट्रकले किचेर ११ पढ्दै गरेकी छोरी र आमाको मृत्यु

धादिङ, २५ कार्तिक । धादिङ बेनिघाट ग्यास बुलेट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बेनिघाटस्थित विशालटारमा भएको दुर्घटनामा ३९ वर्षीया गीता नेपाली र १९ वर्षीया सुनिता नेपालीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गीता र सुनिता आमाछोरी हुन्। गीता स्थानीय बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर–५ की सदस्य पनि हुन्।

भारतको बरेनीबाट काठमाडौँको बालाजुस्थित नेपाल ग्यासको कारखानाका लागि ग्यास बोकेर आएको युपि७५एटी ५२०८ नम्बरको बुलेट सडकबाट ३० मिटर तल खसेको हो।

Loading...