न्याय माग्दै निर्मलाका आमाबुबा जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा

कन्चनपुर । छोरीको हत्यारा पत्ता लगाउनु पर्ने माग सहित निर्मलाका अामाबुबा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि आइतवारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्। धर्ना सुरु हुनुअघि दिउँसो १२ बजे मदनचोकवाट स्थानीय, महिलाअधिकारकर्मी लगायतको सहभागिता सहितको र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो।

जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना वस्ने जानकारी गराएर निर्मलाका अामाबुबा सहित परिवारजन जिल्ला प्रशासन अगाडी धर्नामा बसेका हुन।

उनीहरुले सुरु गरेको धर्नामा स्थानीय, महिलाअधिकारकर्मी लगायतले एक्यबद्धता सहित साथ दिएका छन्। निर्मलाका बुबा यज्ञराज पन्तले आफ्नो एकमात्र माग छोरीको बलात्कार गरेर हत्या गर्नेलाई कारवाहीको कठ्घरामा ल्याउनुपर्छ भन्ने रहेको बताए।‘छोेरीको हत्यारा पत्ता लगाएर कारवाही गरियोस भन्ने हाम्रो माग हो, छोरीको हत्यारा पत्ता नलगाएसम्म जिल्ला प्रशासन अगाडीवाट म उठ्दैन’ उनले भने, ‘जिल्ला प्रशासन अगाडी मर्नुपरे पनि मर्छु।’

चौविसै घण्टा जिल्ला प्रशासन अगाडी धर्नामा बस्ने उनले बताए। साउन १० गते साथी रोशनी बमकाे घर गृह कार्य गर्न गएकी निर्मला बेपत्ता भएकाे दोश्रो दिन साउन ११ गते उखुवारीमा शव फेला परेको थियो। प्रहरीले शुरु देखी नै अनुसन्धानमा लापरवाही गरेको र अहिले पनि हत्यारा पत्ता लगाउन सरकार गम्भिर नभएको उनको गुनासो छ।

Loading...