गोरखामा यात्रु बस दुर्घटना, १५ घाइते

गाेरखा, २५ कार्तिक । आबुखैरेनीबाट गोरखा आउँदै गरेको बस शनिबार साँझ दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्।

ना ३ ख ७५४४ नं को बस गोरखा नगरपालिका ११ तेह्रकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ भने गम्भीर घाइतेको अन्यत्र रिफर गर्ने तयारी भएको छ।

एम्बुलेन्स समयमै उपलब्ध हुन नसक्दा घाइतेको उद्धारमा समस्या भएको छ। बस यात्रुले खचाखच भरिएको र तिव्र गतीमा रहेको यात्रुले बताएका छन्।

बसका चालक र सहचालक भने घटनापछि फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ५० मिटर तल खसेकाे थियाे।

Loading...