यसपालीको नेपाल संम्बत् ११३९ न्हुदँलार्इ नयाँ ढंगबाट अगाडि बढाऔं

 

सर्वप्रथम हाम्रो ठाउँबाट हामीलाई बिस्थापित गर्न खोजिएको तथ्यलार्इ राम्ररी मनन् गरी अन्तरराष्ट्रिय नियमसँगै हाम्रो वर्तमान संबिधानले दिएको मौलिक हकलाई कुण्ठित गरी वासस्थानबाट हामीलाई नै विस्थापित गर्न खोजिएको हुँदा यसको शसक्त रुपले प्रतिरोध गर्दै यसपालीको न्हुदँ ११३९ लाई अग्रगामी ढंगले अगाडि बधाई उपत्यकाका बालाजु, लाजिम्पाट, बानेश्वोर लगाएत कालिमाटी, खोकना, साँखु आदि ठाउँमा हाम्रो पुर्खाले आफ्नो खुन पसिना बनाएर राखेको आफ्नो सम्पत्तिलार्इ बर्तमान सरकारले अन्तरराष्ट्रिय नियम बिपरित अत्यधिक जनताको भावना बिपरित साथै हाम्रो संबिधान बिपरित हाम्रो स्थानबाट हामीलाई बिस्थापित गर्दै हाम्रो ब्यक्तिगत सम्पत्तिलाई तहसनहस गरिएको हुँदा यसपालीको न्हूदँ ११३९ लार्इ आफ्नो मौलिक हक प्रप्तिको लागि हामी सबैले आफ्नो राजनैतिक स्वार्थलार्इ त्यागी हामी सबै एकजुट भइ हाम्रो वासस्थान आफ्नो सम्पत्ती संस्कृति सम्पदा संरक्षणको लागि यसपालीको न्हूदया अग्रगामी पाइला टेकी ससक्त रुपले स्वनिग उपत्यकाका अत्यधिक रुपमा उत्पीडनमा परेका जनतालार्इ अगाडि बढौं । यसरी मौलिकहक हनन् गर्ने गलत बिचार लिइ बिकासको नारा बोकी जनतालाई दुख दिने कु तत्वोहरुलाई निर्मुल पार्न यसपलिको न्हूदँ नेपाल सम्बत ११३९ लै अग्रगामी पाइला टेकी बैज्ञानिक ब्यबहारिक जनहित उपयोगी योजना बनाई अगाडी बढौं । आफ्नो बासस्थान आफ्नो संस्कृति आफ्नो सम्पत्ती आफै ले संरक्षण गरौ ।

साच्चैनै न्हुदँ अग्रगामी ढंगले मनाउने हो भने उपत्यकाका आदरणीय व्यक्तिहरु युवा युवतीहरु साथै सबैले आफ्नो ठाउमा आफ्नो सरकार अग्राधिकार र आत्मा निर्णयको अधिकारलाइ आ आफ्नो लक्ष बनाई अगाडी बढ्नु पर्ने समय आइसकेको छ । अन्यथा हाम्रो गास बास कपास ब्यापार ब्यबसाय र पिउने पानि सम्ममा ठुलो समस्या आइसकेको छ ।

वर्तमान समस्यालाइ राम्ररी ध्यान पुर्याएर हेर्यो भने उपत्यका भित्र हामीलाई ढाँत्न सक्ने धेरै मानिसहरु प्रवेश गरि विभिन्न बिचार र राजनैतीको नाममा हाम्रो बिचमा आफु आफुमा मत मतान्तर श्रीजना गरि आफु आफुमा कलह गराई उनीहरुले प्रसस्त रुपमा फाइदा लिइ रहेको हुदा यो बर्तमान परिवेशमा हामि उपत्येका बसी सबैले सहि र गलत चिजको पहिचान गरि गलत चिजलाइ पन्छाएर सहि चिजलाई अंगाली हामि सबै एकभई हाम्रो मौलिकहकलाइ संरक्षण गर्दै हाम्रो बासस्थान संस्कृति,संम्पदा र सम्पत्तीलाई संरक्षण गर्दै यहाँ भित्रिएको गलत तत्वोहरुलाई बहिस्कार र बिस्थापित गर्दै यहा भित्र रहेको पनि ,बिजुली ,ढल ,बाटो सबैलाई बैज्ञानिक ,ब्यबहारिक र जनहित रुपले बिकसित गरि यहाँको गास ,बास ,कपास तथा शिक्ष्या ,स्वास्थ्य ,रोजगार र ब्यबसायलाइ बैज्ञानिक ,ब्यबहारिक ढंगले अल्पकालीन र दिर्घकालिन योजना बनाई आफ्नो स्थानको मानिसहरुलाई बिस्थापित नगरी ”दार्शनिक भलथस ज्यु को भनाइ अनुशार माग अनुशारको आपूर्तिको ब्यबस्था गरि आफ्नो अथनामा आफ्नो सरकार अग्राधिकार र अत्मनिर्नयको अधिकार सहितको ब्यबस्थाको लागि हामीले यस्पलिको न्हुदँ अग्रगामी कदम सहितको अगाडी बदन उपत्यका ब्यापी जनताहरुले परिवर्तनकारी भूमिका निर्वाह गर्न अतिआवस्यक भइसके को छ ।

हाम्रो संबिधान अनुशार हाम्रो देश संधिय लोकतन्त्र गणतन्त्र घोषणा भइ सकेको छ । जस अनुरुप अधिकार र सुबिधा समानुपातिक र समावेशीय ढंगले बाँद फाँद हुनु पर्ने हो । तर यहाँ अधिकार र सुबिधाको बाँदफाँद समानुपातिक र समावेसीय ढंगले भएको पाईदैन । हाम्रो संबिधान अनुरुप जातीय लिङ्गीय ,बर्गीय र आर्थिक रुपले कुनै किसिमको विभेद गरिने छैन भनि लेखिए तापनि मानवले मानवलाई अवहेलना गरि दलित भन्ने शब्द ठाउँ ठाउमा प्रयोग गरिएको हुूदा हाम्रो संबिधानमा लेखिएको जस्तो ब्यबहारमा लागु भएको पाईदैन ।
हाम्रो देसमा महिलाहरुको जनसंख्या आधाभन्दा बादी देखाएता पनि कुनै पनि प्रदेशको मुख्य मन्त्रि महिला नभएको हुदाा यहाँ लिंगीय विभेद भयेकॉ पाईन्छ । महिला पुरुष भन्दा पछि छैन भन्ने कुरामा एक ज्वोलन्त देशको राष्ट्रपति महिला प्रधान न्यायाधिस महिला भइसकेको र विभिन्न प्रशासनिक तथा प्राविधिक क्षेत्रमा पनि महिलाहरु अग्रिम पंतिमा नल्याउनुका कारण यहाँ लैंगिक विभेद छैन भन्न सकिन्न । वर्गीय ,जातीय ,लिंगीय र धार्मिक विभेद ठाउँ ठाउमा देखिएकोहुदा यहाको संबिधान ब्यबहारिक नभएको पाईन्छ ।

दार्शनिकहरुको भनाइ अनुरुप ” शिक्षा देशको आमसुधारको साचो हो देशको दर्पण हो । हाम्रो देशमा सैदान्तिक शिक्षालाइ मात्र बढी जोड दिएको हुुदा हाम्रो देश अरुबिकसितदेश जस्तो अगाडी बढ्न नसकेको हो । शिक्षा भनेको सिद्दान्त संगसंगै ब्यबहारमा लागु गर्न सक्ने भए हाम्रो देश पनि अरु बिकसित देश जस्तै अगाडी बदन सक्ने हो । शिक्षा भनेको जीवनमा आधारित जीवनोपयोगी शिक्षा भएको भए सबै युवा युवतीहरु आफ्नै स्वरोजगार बन्ने थियो ।

साथै देश चलाउने सरकारले देशलाइ अग्रगामी दिशामा लान बैज्ञानिक ब्येबहरमा जान सक्यो भने मात्रा हामीले नेपाल संवत ११३९ न्हूदँ लाई नयाँ दिशाबाट आग्रगतिमा लान सक्छ । उदाहरणको रुपमा शंखधर साख्वा नामको ब्यक्तिले आफ्नो ब्यक्तिगत संपत्ति प्रयोग गरि देशका सबै जनतालाइ ऋणबात मुक्त गराई सो दिनलाई आफ्नो ब्येक्तिगत स्वार्थ नराखी नेपाल देशको नामबात नेपाल सम्बत् चलाएका हुन् ्।
यसैले यसपालिको न्हुदँ लाइ आफ्नो ब्येक्तिगत स्वार्थ त्यागी देश र जनताको बिकाशको स्वार्थलाइ ध्यानमा राखी नया ढंगले नेपाल संवत् ११३९ न्हुदँ मनाऔ पहिचान स्थापना गर्न सकिने ढंगले अगाडी बढौ सुभय्

कृष्ण भक्त मानन्धर ,नेवा :
बानेश्वोर ,येँ

 

Loading...