अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारीले जिते

अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले महत्वपूर्ण पदमा जित हाँसिल गरेका छन् ।

उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट मेरील्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका हुन् । मेरील्याण्ड राज्यको डिस्ट्रिक एट बाट चुनिने तीन सदस्य मध्ये दोस्रो बढी मत हाँसिल गरेर भण्डारीले पद सुरक्षित गरेका हुन् ।

४१ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका हुन् भने उनी अहिले मेरील्याण्डको जोन हप्किन्स विश्वविद्यालयमा पिएचडी अध्ययनरत छन् ।

अमेरिकी निर्वाचनको इतिहासमा भण्डारी नै अहिलेसम्मकै सबैभन्दा माथिल्लो पदमा पुग्ने नेपाली मुलका व्यक्ति हुन् ।

Loading...