ठूलो मात्रामा चरेस सहित जनप्रतिनिधि पक्राउ

रुपन्देही, १८ कार्तिक । ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । रास्कोटी तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य हुन् । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

Loading...