मेसी विनानै मैदानमा उत्रिएको बार्सिलोनाको अर्को कठिन जित

काठमाडाैं । स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले जितको यात्रालाई निरन्तरता दिएकाे छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियो भालेकानोलाई उसकै मैदानमा तीन दुईको कठिन जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएका थियो ।

लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोना विरुद्ध रियोले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍यायाे । उसका लागि जोस एञ्गल पोजोले गोल गरे ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर ८७ औं मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले बाढिसकेको अंक आफ्नो पक्षमा पार्‍याे । जितपछि बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ ।

प्रशिक्षक बर्खास्तपछि रियल मड्रिडकाे दोस्रो जित

उता रियल म्याड्रिडले पनि अर्काे जित हात पारेकाे छ । स्पेनिस ला लिगाकाे यस सिजनमा लगातार खराब नतिजा निकालेपछि प्रशिक्षकलार्इ बर्खास्त गरेकाे रियलले नयाँ प्रशिक्षककाे नेतृत्वमा अाएपछि याे दाेस्राे जित निकालेकाे हाे । लगातार दाेस्राे जित निकाल्ने क्रममा रियल म्याड्रिडले रियाल भालाडोलिडलाई दुई शुन्यले पराजित गरेकाे हाे ।

पहिलो हाफ भने गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा भालाडोलिडलाई पुरै दबावमा राख्दै दुई गोल गर्‍याे । ८३ औं मिनेटमा भिनिसियस जुनीयरले गोल गरे भने ८८ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरे ।

Loading...