तिहारलार्इ लक्षित गर्दै सिटीसीमा तिहार धमाका मोबाइल मेला

काठमाडाैं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ ।

मोबाइलका पारखीहरूका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आकर्षक छुटका साथै अफरभित्रको अफर योजना ल्याएको जनाएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने र नजिकिँदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ ।

कात्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले दसैं–तिहार धमाकाअन्तर्गत ६० प्रतिशतसम्म छुट पाउने छन् ।

त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शून्य प्रतिशत ब्याजदरम किस्ताबन्दीमा मोबाइलसमेत किन्न सक्ने छन् । साथै हरेक मोबाइलको खरिदमा हातखाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने भन्दै उनले मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरूलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रान्डका मोबाइल निःशुल्क वितरण गरिने बताए ।

Loading...