अहिलेसम्मकै लामो गोही नेपालमा भेटियो, मूर्तीखोलामा भेटिएको गोही हेर्नेको घुइचो

उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो।

स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिटको गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई उनीहरुले जानकारी दिएको हो।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले भने, ‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौ,’ भने, ‘खोलामा गोही भेटिएको ‘वन्य जन्तु संरक्षण गर्ने कार्य वन कार्यालयको भएकाले डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका हौं।’

यस्तै गोहीको घाँटी र मुखमा चोट लागेकाले उपचार गर्नु पर्ने स्थिति रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए। उनले भने, ‘गोही घाइते रहेछ । हाम्रो टोलीले उद्धार गरेर कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाइ सकेका छौ।’

उनका अनसार घाइते नभएको अवस्था कोशीकै सानो भङ्गालोमा छाडिने थियो। तर घाइते भएकोले ठूलो जनावरले आक्रमण गर्न सक्ने वा आफैले आहारा खान नसक्ने भएकाले आरक्षमा लगेर जिम्मा लगाएका उनले बताए। उनले भने, ‘कोशी टप्पु आरक्षमा केही महिना घाईते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ।’

घाईते गोही कोशी नदी हुँदै मुर्ति खोलासम्म आइपुगेको हुनसक्ने वन अधिकृत आचार्यले बताए। उदयपुरको पूर्व क्षेत्रमा पर्ने वन क्षेत्रमा कहिले ठूला दुर्लभ अजिङगर त कहिले सालक लगायतका वन्जयजन्तु भेटिने गरेको छ।

Loading...