माघमा नेपालमा हिमालयन एक्स्पाे हुने

काठमाडौं, १३ कार्तिक । हिमालयन हाइड्रो एक्स्पो २०१८ भव्य रूपमा सफल भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रूपमा माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो–२०१९ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो ।

नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्ष्यमा हिमालयन हाइड्रो एक्स्पो–२०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सबै सरोकारवालालाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको छ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए ।

आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो–२०१९ मा १ सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ । जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ ।

ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर १ सयभन्दा बढी स्टल थिए भने ५० हजारभन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए । यसपटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरूलाई हेलिकप्टरमार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको इपान अध्यक्ष गुरागार्इंले बताए ।

विद्युत्को सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पु¥याउने विश्वास गुरागार्इंले लिएका छन् ।

सााथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थीहरूका बीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने र हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्बन्धमा समेत जानकारी दिइनेछ ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरेका छौं ।

Loading...