जाजरकोटमा जेनेरेटर लिएर गएको जीप दुर्घटनामा पर्दा दुईको मृत्यु

जाजरकोट, ११ कार्तिक । जाजरकाेटकाे खुर्पामा जीप दुर्घटनामा पर्दा २ जनाकाे मृत्यु भएकाे छ । कुसे गाउँ पालिकाकाे वार्ड नम्बर ५ खुर्मामा मंगलबार बिहान जीप दुर्घटनामा परेकाे हाे ।

मृत्यु हुनेमा जीपका चालक र एक अर्का व्यक्तिकाे मृत्यु भएकाे हाे । मंगलबार बिहान ६.५० बजे नै उक्त जीप दुर्घटनामा परेकाे हाे । भे १ ज ५७५ नम्बरको जीप दुर्घटनामा परी २३ वर्षीय चालक कमल परियार र २१ वर्षीय लुरे आलमको मृत्यु भएको जाजरकाेट प्रहरीले जनाएकाे छ ।

चालक परियारको घटनास्थलमै र आलमलाई उपचारका लागि खलंगातर्फ ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रबहादुर सिंहले जनाएका छन्। आलम राप्ती ग्रील उद्योग जाजरकोटका मिस्त्री थिए । लक्ष्मी प्राप्ति माध्यमिक विद्यालय खुर्पाको भवनको ग्रील तथा गेट जोड्न जेनेटर लिएर गएको उक्त जीप दुर्घटना परेको हाे ।

जीप सडकबाट ३ सय मिटर तल भीरमा खसेको उनले बताए। दुर्घटनाको स्थलगत अध्ययनका लागि पाँचकाटीया चौकीबाट प्रहरी टोली घटना स्थलमा पुगेको उनले बताए।

Loading...