वडास्तरमा आँखादानबारे जनचेतना कार्यक्रम

   

कार्तिक १२,

ललितपुर महानगरपालिका वडा ११ स्वास्थ्य कर्यान्वयन समिति, तापाहिटी मिसा पचस् र लायन्स क्लव अफ काठमाडौ यू. एन. पार्कको संयुक्त आयोजनामा नेपाल ऑखादान समाज र नेपाल ऑखा बैंक तिलगंगा प्रतिस्थानले ऑखादान समबन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

आँखादान महादानको मुलनारालाई व्यवहारिक बनाउन आँखादानले अर्को जुनीमा दृष्टिविहीन बनिन्छ भन्ने अन्धविश्वास चिर्ने उद्धेश्य लिएर टोलटोलमा जनचेतना अभियानमा सक्रिय समाजसेवी मोतिशान्ति शाक्यको संयोजनमा उक्त कार्यक्रमको आयोजना भएको स्थानीय संयोजक वडा ११ का महिला वडा सदस्य पुण्य कुमारी शाक्यले बताएका छन ।

“वडाको स्वास्थ्यसँगै आँखादान जस्तो महान दानले आफ्नो देहान्त पश्चात नेपालका दृष्टिविहीनको उद्धार कसरी हुन्छ भन्ने वडावासीलाई बुझाउने र ईच्छुक दाताहरुलाई संकलनमार्फत सेवा प्रदान गर्न कार्यक्रमको आयोजना गरेका हौं ।” वडा सदस्य शाक्यले बताईन ।

“नेपाल भरी कर्नियाको कारण दृष्टी बिहिनहरुको कष्टकर जीवनमा दृष्टीको ज्योति प्रदान गर्न हाम्रो नेपाल ऑखादान समाजले अभियानको थालनी गरेका छौं,” समाजका संस्थापक कार्यसमिति सदस्य एवं संयोजक मोतिशान्ति शाक्यले बताईन, “यस कार्यक्रमलाई सफल गर्न बिभिन्न संघ संस्थाहरु सरकारी निकायहरु स्कुल क्याम्पसहरुको सहकार्यको निरन्तरता दिन आफ्नै टोल समाजमा वडाको स्थानीय संयोजनमा कार्यक्रम सफल भएको छ ।”

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित ललितपुर महानगरपालिकाकी प्रमुख महिला अधिकृत महेश्वरी राउतलाई पनि सम्मानित गरिएको थियो । त्यसैगरि कार्यक्रममा आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले आँखादान सम्बन्धि जनचेतनामूलक प्रस्तुति गरेका थिए भने नेपाल आँखा बैंकका बरिठ प्राविधिक ईजन राजभण्डारी र विष्णु रिमालले सहभागीहरुको जिज्ञासाबारे अन्तरक्रिया गरेका थिए ।

Loading...