बादलले आफूलार्इ मार्ने योजना बनाएको भन्दै प्रचण्डले बैठकमै आरोप लगाएपछि

काठमाडौं, ८ साउन । चुनावी समीक्षा गर्न बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा शनिबार सम्पन्न भएको छ । अाइतबार पत्रकार सम्मेलन गरेर बैठकले लिएका निर्णय सार्वजनिक गरिएको हो । बैठकका एजेन्डा भन्दा पनि नेताहरुबीचको घोचपेचले बैठक अवधिभरि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै छाए ।

बैठकले लिएका निर्णय भन्दा धेरै चर्चा समापनमा अध्यक्ष प्रचण्डले आफूलाई मार्ने योजना बनाएका नेताहरु पनि बैठकमा उपस्थित भएको भन्ने प्रसङ्ग आइतबार सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा भाइरल नै बन्यो । प्रचण्डले आफूलाई पार्टी बिगार्यो, सिध्यायो भन्दै नमारेर पार्टी बन्दैन भन्ने नेताहरु पनि पार्टीमा भएको बताएका थिए । प्रचण्डले आफूले मात्र नभएर सबै मिलेर पार्टी बिगारेको बैठकमा बताएका थिए ।

समाचारमा अाएजस्ताे प्रचण्डले बैठकमा त्याे कुरा के भनेकै थिए त ? यस विषयमा साेध्दा बैठकमै सहभागी माअाेवादी केन्द्रका एक केन्द्रीय सदस्यले त्याे कुरा सही भएकाे बताएका छन् । उनका अनुसार प्रचण्डले बैठक समापनमा क्रममा याे कुरा भनेका थिए । उनले पार्टीलाई कसरी सही बाटोमा लैजाने भन्ने प्रसंगमा याे कुरा गरेकाे ती नेताले दावी गरे । साथै ती केन्द्रीय सदस्यले प्रचण्डले याे कुरा अर्का नेता रामबहादुर थापा बादलतर्फ संकेत गर्दै भनेका हुन् । प्रचण्डले पार्टी बिगारेको भन्दै छुट्टिएर गएका र फेरि फर्केर पुरानै ठाउँमा अाएका बादललाई संकेत गर्दै प्रचण्डले बैठकमा उक्त कुरा गरेकाे जानकारी दिए ।

‘प्रचण्डले सारा बिगार्यो भन्दै पार्टी विभाजन गरेका तर फेरि प्रचण्ड नै अन्तिम विकल्प भन्दै फर्ककेका बादल कमरेडहरुलाई अध्यक्षले भनेको मैले अनुभूत गरेको छु’ ती नेताले भने । पार्टी विभाजनपछी भाषण भन्दा प्रचण्डको हत्या गर्ने योजना बादलले नै बनाएको अाफूलाई शंका लागेको उनले बताए ।

उक्त प्रसंग यतिबेला अावश्यक नभएको भन्दै विषयान्तर गर्न प्रचण्डले अाफूलाई मार्ने योजना बनाएको विषय ल्याएको उनको दाबी छ ।

त्यसो त मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन पछी बादलले नै प्रचण्डलाई गद्दार घोषणा गरेर जानु पर्ने प्रस्ताव राखेको तर आफूले नमानेको नेकपाका महासचिव विप्लवले एक कार्यक्रममा बताएका थिए ।

‘बादल जीले प्रचण्डलाई गद्दार घोषणा गरेर जानुपर्छ भन्ने प्रस्ताव राख्नु भयो, गुरुङ जीहरुले सहमति जनाइसकेका थिए तर मैले बेला आइनसकेको भन्दै नमानेका कारण प्रचण्डलाई गद्दार घोषणा गरिएन’ विप्लवले भनेका थिए । उनले वैद्यले कुनै जवाफ नदिएको समेत बताएका थिए ।

उता माओवादी केन्द्रका वरिष्ठ नेता लेखराज भट्टले भने प्रचण्डको भनाई जिम्मेवार नेताहरुलाई नभएर रक्सी भट्टीमा प्रचण्डलाई मार्ने कुरा गर्नेहरुलाई लक्षित भएको दाबी गरे ।

‘नेपाली मिडियाको कुनै नैतिकता नै छैन, जतिबेला जे पायो त्यही लेख्छन्, अध्यक्षले रक्सी भट्टीमा प्रचण्डलाई मार्नुपर्छ भन्नेत चर्चा चलाउनेहरुलाई भन्नु् भएको हो,’ भट्टले अगाडि भने, ‘प्रचण्डलाई मारेर मात्र पार्टी भन्छ भन्दै हिड्ने सडक छापहरुलाई भनेको हो ।’

नेता भट्टले बैठकले चुनावी समिक्षा गर्दै अध्यक्ष प्रचण्डले पेश गरेको १४ बुँदे प्रस्तावलाई पारित गरेको बताए । पार्टी संगठनलाई सुदृढ गर्ने, पार्टी नेतृत्वको सरकारले राम्रा कामलाई जनता समक्ष पुर्याउन नसकेको, पार्टी संगठन चुस्त हुन नसकेको, पार्टीले परिवर्तनमा खेलको भूमिकालाई स्थापित गर्न नसकेको बैठकले निष्कर्ष निकालेको नेता भट्टले जानकारी दिए ।

भट्टका अनुसार छानविन समिति बनाएर चुनावमा पार्टीलाई अन्तरघातको छानविन गरी कारवाही गर्ने निर्णय समेत गरेको छ ।

Loading...