आईसीसी विश्वकप ट्रफी पोखरामा पुर्याइयो

काठमाडौं । आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ ।

ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफीलाई ओमान अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश भ्रमण गराइसकिएको छ । नेपालपछि ट्रफी भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसवीचमा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।

Loading...