‘काठमाडौंका स्थानीय वासिन्दा अब राजनीतिमा पनि सशक्त हुनुपर्छ’

 

   कार्तिक ११ ,काठमाडौँ
/ प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौंका स्थानीय अब राजनैतीक तहमा पनि सशक्त हुनुपर्नेमा जोड दिनुभयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौंका रैथानेहरु संस्कृतिमा निकै धनी रहेकोमा प्रशंसा गर्दै अब सांस्कृतिक साथै सामाजिक र राजनैतीक क्षेत्रमा समेत सशक्त ढंगबाट अगाडी बढ््नुपर्ने बताउनुभयो ।
सांसद श्रेष्ठले नीति निर्माण तहमा यहाँका रैथानेहरुको उपस्थिती प्रभावकारी हुन नसकेको कारणले नै स्थानीय संस्कृतिको संरक्षण पनि प्रभावकारी ढंगबाट हुन नसकिरहेकोमा जोड दिनुभयो । ‘काठमाडौंको स्थानीय मूर्त, अमूर्त संस्कृति, सम्पदाका कारण नै यहाँको पर्यटन क्षेत्रलाई समेत टेवा पुगिरहेको छ’ श्रेष्ठले भन्नुभयो, ‘यहाँको संस्कृति, सम्पदा मासिनु भनेको पर्यटन क्षेत्र धरासायी हुनु हो र यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने हो । यहाँको स्थानीय संस्कृति सम्पदाको संरक्षणमा यहाँकै रैथानेहरु अग्रसर हुनु आवश्यक छ ।’ अहिले सम्पूर्ण नेपालीले देखेको समृद्ध नेपालको सपना यहाँकै संस्कृतिको माध्यमबाटै पूरा गर्न सकिनेमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय खड््गी समाज, काठमाडौं महानगरपालिका १९ वडा शाखा कमिटिबाट आयोजना भएको नायःखिं बाजा प्रशिक्षणका गुरुहरुलाई सम्मान गरिनुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नायःखिं बाजाका गुरुहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो । गुरुहरुलाई नेपाल राष्ट्रिय खड््गी समाजका केन्द्रीय अध्यक्ष मानबहादुर खड््गीले दोसल्ला ओढाउनुभयो भने सांसद श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो । गत भाद्र १६ गतेदेखि करीव दुइ महिना संचालन भएको प्रशिक्षणका प्रशिक्षक, सहायक प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरियो भने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रशिक्षण लिएका बालबालिका समेतको समूहले कार्यक्रममा नायःखिं बाजा बजाएर सुनाउँदा सभाहलको रौनक नै बेग्लै बनेको थियो । प्रशिक्षणमा २८ जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।
नेपाल राष्ट्रिय खड््गी समाजका केन्द्रीय महासचिव नन्दकिशोर शाहीले युवा पूस्ताले परम्परागत संस्कृति छोड््दै पाश्चात्य संस्कृतितर्फ आकर्षित हुँदै गइरहेको वर्तमान समयमा यस किसिमका परम्परागत बाजाहरुको प्रशिक्षण भइरहनुपर्ने बताउनुभयो । ससाना बालबालिका समेतले नायःखिं बजाएको देख्दा आफु निकै आशावादी भएको पनि महासचिव शाहीको भनाई थियो । कार्यक्रममा प्रदेश ३ का सांसद राजेश शाक्यको पनि उपस्थिती थियो ।
औपचारिक कार्यक्रमपछि नाचगान सहितको सांगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सांगितिक कार्यक्रममा गायक गोविन्द ह्यूमत, माणिक शाही, सुरेश मानन्धर, अन्जन श्रेष्ठले गीत प्रस्तुत गरेका थिए भने मेरिना महर्जन र इन्द्रविनायक क्लबबाट नृत्य प्रस्तुत गरिएको थियो ।

Loading...