युवा नेत्र सेवा द्वारा नि:शुल्क आँखा शल्यक्रिया सम्पन्न

युवा नेत्र सेवाले शनिवार २२ औ निशुल्क मोतिबिन्दु शल्य क्रिया अन्तर्गत कीर्तिपुरकाे नगर मण्डप श्रीकीर्ति महाविहारमा देशका विभिन्न भागबाट अाएका ३७ जनालाई नि:शुल्क सफल शल्यक्रियापछि अाैषधी र परामर्श दिएको छ । युवा नेत्र सेवा ले विगत २१ बर्ष देखी लगातार निशुल्क नेत्र शिविर तथा मोति बिन्दु को शल्यक्रिया गर्दै आएको छ ।
“एक कप चिया दान अभियान ” संस्था युवा नेत्र सेवा काठमाडौँले अाउँदाे कात्तिक ८ देखि श्रीकीर्ति नगरमण्डप विहारमा निशुल्क आँखा शिविर आयोजना गरेको हो ।
दैनिक एक कप चियाको मूल्य बराबर अर्थात दैनिक १५ रुपैयाको दरमा वर्षभरीको चियाको पैसा ९५ हजार ४७५ रुपैयाँ दान आफ्ना सदस्यहरुबाट संकलन गरेर बनेको संस्था निम्नवर्गका विरामीहरुको निःशुल्क आँखाको उपचारमा सहयोगको कार्यक्रम गर्दै आएको छ । सस्थाका अध्यक्ष एवम् वरिष्ठ नेत्र विशेषज्ञ सिद्धार्थ रंजितले तीनदिने सो शिविरमा निःशुल्क आँखा जाँचको साथै उपचार र निःशुल्क शल्यक्रिया समेत गरिने छ । शिविरमा कम्तिमा ५० जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने पनि अध्यक्ष रंजितले बताउनुभयो ।
संस्थाले काठमाडौ उपत्यकाका साथै देशका दूर्गम स्थानका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच तथा आँखा शिविर सञ्चालन गर्नका लागि ५०० दाताहरुबाट संकलित “एक कप चिया दान अभियान” अन्तर्गत युवा नेत्र सेवाले सञ्चालन गर्दै आएको छ ।

संस्थाबाट बि स २०५२ देखि काठमाडौँ उपत्यका लगाएत अधिराज्यका विभिन्न दुर्गम ग्रामिण जिल्लामा गइ ५३,००० जनाको नेत्र परिक्षण तथा १२,००० जनाको निशुल्क मोतिविन्दु तथा अन्य नेत्र शल्यक्रिया गरि नया दिष्टि प्रधान गरेको छ ।

Loading...