जीप दुर्घटनामा परी एभिन्यूजका पत्रकार पराजुली र डिआइजी भण्डारीसहित तीनको मृत्यु

काभ्रे, १० कार्तिक । काभ्रेकाे ढकालथोकमा भएकाे जीप दुर्घटनामा परी नेपाल प्रहरीका डिअाइजी र एक पत्रकारसहित तीन जनाकाे मृत्यु भएकाे छ । मन्डन देउपुर नगरपालिका–५ अन्तर्गत ढकालथाेकमा बा ३ च २८७ नम्बर को जीप दुर्घटनामा परेर तीनजनाको ज्यान गएको हाे । साे दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले दुर्घटनामा परी नेपाल प्रहरीका डिआइजी सुशील भण्डारी पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको जानकारी दिए। पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदिप बोगटी र काठमाडौँका विनोद कुमार गौतम रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

डिअार्इजी भण्डारी नेपाल प्रहरीकाे मानव श्रोत अन्र्तगत केन्द्रीय कार्यालयमा कार्यरत थिए । उनीसँगै मृत्यु हुने पत्रकार जीवन पराजुली काभ्रेकै मण्डन देउपुर–४ का वासिन्दा हुन भने कार्की नमोबुद्ध नगरपालिका १० का बासिन्दा हुन् । पत्रकार पराजुली कान्तिपुर टेलिभिजन र एभिन्यूज टेलिभिजनमा काम गरेका थिए । साथै उनी अहिले एभिन्यूज टिभीका काभ्रेमा सम्बाददाता तथा काभ्रेकाे रेडियो गौरवसँग आबद्ध थिए ।

जिप सडकबाट झण्डै पाँचसय मिटर तल खसेको थियो । घाइते हुनेमा एपीएफका पूर्व डीएसपी विनोद गौतम, धनराज पुरी र प्रदीप बोगटी छन् । गाडी बोगटीले चलाएका थिए । घाइते बोगटीका अनुसार बिजुलीको तार छलाउने क्रममा कोदोबारीमा चिप्लिएर जीप दुर्घटना भएको थियो । मृतक पराजुली र कार्कीको शव भने पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पतालमा ल्याइएको छ भने भण्डारीको शव धुलिखेल अस्पतालमा छ ।

Loading...