सम्पत्ति सुद्धिकरण के हो ? कस्तो सम्पत्ति अबैध हुन्छ ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार ‘सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।’

यस्ताे छ अन्तर्राष्ट्रिय प्रचलन

सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स, एफ.टी.एफ.) ले सम्पत्ति शुद्धीकरणलाई अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ । मतलब, गैरकानूनी वा आपराधिक धन्दाबाट प्राप्त आयलाई कानूनसम्मत सम्पत्तिमा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणमा त्यस्तो आयको उत्पत्ति, वास्तविक स्रोत र प्राप्तीको स्थान लुकाइएको एवं छिपाएको र कृत्रिम तर कानूनी स्रोत सिर्जना गरिएको अवस्था रहन्छ ।

कस्ता–कस्ता कार्यहरु सम्पत्ति शुद्धिकरणमा पर्छन्

सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने, कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मुनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, वा कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।

कुनै व्यक्तिले माथि लेखिएबमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुँदैन र उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरण सम्बन्धी सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुनेछ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय क्षेत्रबाट विभिन्न प्रयासहरु हुँदै आएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित काम एशिया प्रशान्त क्षेत्र समूह ९ए।पी।जी।०ले गर्ने गरेको छ ।

कसरी हुन्छ सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरण प्रक्रिया अन्तर्गत मूलतः देहायका ३ वटा चरणहरु (रकम राख्ने, रकमको तहकिकरण गर्ने, र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने) पार हुने गरेको पाइन्छः

क) रकम राख्ने

पहिलो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले सामान्यतया गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश ९मनी अर्डर०, द्रुत संदेश, तार स्थानांतरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यसो गर्दा शुद्धीकरणकर्ताले ठूलो रकमलाई खण्डीकरण गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा झिक्ने र जम्मा गर्ने गर्दछ ।

ख) रकमको तहकीकरण गर्ने

दोश्रो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले त्यस्तो गैर कानूनी रुपमा आर्जित रकमको स्रोत एवं उत्पत्ति सम्बन्धमा थप अलग्याउने वा दुरी बढाउने प्रयास गर्दछ । यसका लागि उसले जटिल एवं बहु–चक्रीय वित्तीय कारोवारको सहारा लिन्छ । शुद्धीकरणकर्ताले सेयर, डिवेन्चरको खरिद–विक्री गर्ने, देश भित्रै वा वाहिरका विभिन्न देशमा आफ्नो वा आफन्तको नाममा रहेका खाताहरुमा दूरसंचार र तार मार्फत रकम स्थानान्तरण गर्ने तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भूक्तानी गर्ने जस्ता क्रियाकलापहरु देखाएर त्यस्तो रकमको तहकिकरण गर्ने गर्दछ ।

ग) सम्पत्ति एकीकृत र मूलप्रवाहीकरण गर्ने

यो चरणमा शुद्धीकरणकर्ताले विभिन्न निकायमा छरेर राखेको रकमलाई एकीकृृृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्दछ । यस क्रममा उसले खासगरी घरजग्गा कारोवार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी गर्ने कार्य गर्दछ । यसरी पटक पटकको स्थानान्तरण र वैध बनाउने प्रयास गरेर उसले गैर कानूनी (कालो) आम्दानीलाई शुद्ध सम्पत्तिको रुपमा रुपान्तरण गरी शुद्धीकरण गर्ने कार्यलाई सम्पन्न गर्दछ ।

के हुन सक्छ, यसको समाधान :

सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक सिटौलाका अनुसार, सम्पत्ति शुद्धिकरण जस्ता समस्या समाधानमा मूलतः बाह्य र आन्तरिक चुनौतीहरु छ । चुनौतीलाई चिर्नका लागि राज्यका सूचक संस्थाहरु, नियमनकारी निकाय र कानून कार्यान्वयन गर्ने निकायहरु सक्षम, सबल र प्रभावकारी हुनु नितान्त जरुरी छ ।

सम्पत्ति शुद्धिकरणबाट अर्थतन्त्रमा धेरै नकरात्मक असर पर्ने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोद लामिछाने बताउँछन् । सूचना अधिकारी लामिछानेका अनुसार सम्पत्ति शुद्धिकरणबाट कानून पालना गर्ने व्यक्तिहरु निरुत्साहित हुने, वित्तीय प्रणालीमा जोखिम बढ्ने तथा उपयुक्त आर्थिक नीति तर्जुमा गर्न कठिन हुन्छ ।

सम्पति शुद्धिकरण सम्बन्धी क्रियाकलापमा बैंक तथा वित्तीय संस्थाको भूमिका उल्लेखनीय रहेको स्टाण्डर्ड चार्टर्ड बैंकका ब्राण्ड÷मार्केटिङ प्रमुख दिवाकर पौडेलले बताए । पौडेलका अनुसार वित्तीय अपराधमा संलग्न हुनेहरुले बैंकलाई प्रयोग गरेर नै यस्ता अपराधिक क्रियाकलाप गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्था सक्षम एवंम चनाखो रहेमा यस्ता क्रियाकलापहरु धेरै हद सम्म निकारण हुने उनको भनाई छ ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनी व्यवस्था

सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने विषय सीमाविहीन रुपमा अपराध भएको र यसबाट सबैजसो मुलुक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको अवस्थामा नेपालमा सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ जारी भयो । यससँग सम्बन्भित पारस्परिक कानूनी सहायता ऐन र नियमावली २०७०, सुपुर्दगी ऐन २०७०, संगठित अपराध ऐन २०७०, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन, २०७०, जस्ता ऐन जारी भइसकेका छन् । सम्पत्ति शुद्धिकरण ऐन २०६४ को दोस्रो संशोधनपछि नियमावली २०७३ जारी भएको छ । यि ऐन कार्यान्वयन गर्न विभिन्न संस्थागत व्यवस्थाहरु भएका छन् ।

सम्पत्ति शुद्धीकरणसम्वन्धि अन्तराष्ट्रिय/क्षेत्रीय संघ संस्थाहरु के हुन् ?

  • (क) वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स )
    सन १९८९ मा सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी सात) र युरेपेली सघंको संयुक्त प्रयासबाट सम्पत्ति शद्धीकरण निवारण गर्ने उद्देश्यले अन्तराष्ट्रिय सहयोग तथा सहकार्य प्रवद्र्धन गर्ने गरी स्थापना भएको अन्तरसरकारी वित्तीय कारवाही कार्यदल (एफ.ए.टी.एफ.) सम्पत्ति शद्धीकरण सम्बन्धी एक मात्र अन्तराष्ट्रिय छाता संस्था हो । यसको मुख्यालय फ्रान्सको पेरिसमा छ । सन् २००१ बाट यसको कार्यक्षेत्र अन्तर्गत आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानीलाई पनि समावेश गरिएको छ । यसले सम्पत्ति शद्धीकरण र आतंककारी वित्तीय लगानी गर्ने कार्यलाई नियन्त्रण गर्न कानूनी, वित्तीय र कार्यान्वयन एवं नियमन निकायहरुको संस्थागत सुधारका लागि सहयोग समेत पु¥याउदै आएको छ । वित्तीय कारवाही कार्यदल ले सं.शु./आ.क्रि.वि.ल.  निवारणको विश्वव्यापी मापदण्ड निर्धारण गर्ने कार्यका अतिरिक्त सदस्य राष्ट्रहरुले उक्त मापदण्डहरु पालना गरे नगरेको एवं सं.शु./आ.क्रि.वि.ल.  निवारण को विश्वव्यापी प्रवृत्ति र तौरतरिकाको मूल्याङ्कन गर्ने जस्ता कार्यहरु पनि गर्दछ । वित्तीय कारवाही कार्यदलले सन् २०१२ मा पारित गरेको ४० सिफारिशहरुको आधारमा सम्पत्ति शद्धीकरण र आतंककारी कार्यमा हुने वित्तीय लागनीलाई अपराधिकरण गर्न, सो को कानूनी व्यवस्था र तीनको कार्यान्वयन गर्ने गराउने कार्यमा उपयोग भएको सुनिश्चितता गर्ने कार्य गर्दै आएको छ । विश्वव्यापी रुपमा हुने सम्पत्ति शद्धीकरण कार्यहरुको पहिचान गर्ने तथा तिनको निरोध गरी प्रभावकारी कार्यान्वयन गर्न गराउने क्षेत्रमा वित्तीय कारवाही कार्यदल क्रियाशिल रहेको छ ।  

    एफ.ए.टी.एफ. का चालीस सिफारिशहरुमा के के छन् 
    एफ.ए.टी.एफ. का चालीस सिफारिशहरुमा निम्न विषयहरु छन्ः

    • नीति र समन्वय (१, २)
    • सम्पत्ति शुद्धीकरण र जफत (३, ४)
    • आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र सामरिक क्षमता विस्तार (प्रोलिफेरेशन) (५–८)
    • निरोध/रोकथामका उपायहरु (९–२३)
    • पारदर्शिता र कानुनी व्यक्ति/व्यवस्थाको लाभ लिने स्वामित्व (२४, २५)
    • सक्षम अधिकारीहरु र अन्य संस्थागत उपायको अधिकार र कर्तव्यहरु (२६–३५)
    • अन्तराष्ट्रिय सहयोग (३६–४०)

    (ख) एशिया प्रशान्त क्षेत्र समूह (ए.पी.जी.) 
    सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी विभिन्न महादेशमा क्षेत्रीय संस्थाहरु क्रियाशिल रहेका छ्न । तीमध्ये अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एशिया प्रशान्त क्षेत्र समूह (ए.पी.जी.) एशिया प्रशान्त क्षेत्रमा कार्यरत छ । एशिया प्रशान्त क्षेत्र समूहमा हाल ४१ राष्ट्र सदस्य छन् । यो गैरराजनीतिक क्षेत्रीय संजाल हो । यसले सदस्य राष्ट्रहरुको वीचमा सम्पत्ति शुद्धीकरण  निवारण सम्बन्धी सूचनाको संम्प्रेषण गर्नुको अतिरिक्त सहयोगको आदान प्रदान गर्ने र मानव संसाधन विकास गर्ने कार्यमा सघाउदछ । त्यसैगरी सं.शु./आ.क्रि.वि.ल.  निवारण का मापदण्डहरु कार्यान्वयन गर्ने गराउने कार्यमा सघाउने कार्य पनि एशिया प्रशान्त क्षेत्र समूहले गर्दछ । यसले सदस्य राष्ट्रको सं.शु./आ.क्रि.वि.ल.  निवारण कार्यान्वयनको सामूहिक समिक्षा गरेर सुधारमा लागि सुझाव प्रस्तावित पनि गर्दछ । एशिया प्रशान्त क्षेत्र समूहले सदस्य राष्ट्रहरुलाई सं.शु./आ.क्रि.वि.ल.  निवारण सम्वन्धमा अध्ययन र अनुसन्धान गर्ने तथा प्राविधिक टेवा पु¥याउने कार्य पनि गर्दै आएको छ । 
    ए.पी.जी.को प्रमुख कार्य भनेको आफ्नो एशिया तथा प्रशान्त क्षेत्रीय तहका वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स) ले पारित गरेका सिफारिशशहरुको कार्यान्वयन गराउन सदस्य देशहरुलाई सहयोग गर्नु हो । 
    ए.पी.जी. का महत्वपूर्ण कार्यहरु निम्नानुसार रहेका छन्ः–

    • सदस्य राष्ट्रहरुले अन्तर्राष्ट्रिय स्तरको मापदण्डहरुको पालना गरेका छन् छैनन् भनी मूल्याङ्कन गर्ने ।
    • द्विपक्षीय रुपमा र सहायता दाताहरुसँग तालिम र प्राविधिक सहायता यस क्षेत्रमा पुगेको छ, छैन हेरी नपुगेमा पु¥याउन सहयोग गर्ने ।
    • अन्तराष्ट्रिय रुपमा सम्पत्ति शुद्धीकरण संजालमा सहभागि र समन्वय गर्ने ।
    • सम्पत्ति शुद्धीकरण र आतंकावादी क्रियाकलापमा वित्तीय लगानी मार्फत देखापर्ने नविन प्रकृति र तरिकाहरुमा अध्ययन अनुसन्धान गर्ने ।
    • सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माणमा सहयोग गर्ने ।
Loading...