दशैंको दिन जलविरेमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । चितवनको जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाएका तीनै जनाको पहिचान पनि खुलेको छ । शुक्रबार बिहान काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक झापा मेचीननगर नगरपालिका ८ का उदयमान राजवंशी, सहचालक २५ वर्षका हेमबहादुर राजवंशी र स्याङजा पुतलीबजार नगरपालिका ९ का तुलबहादुर थापाको घटनास्थालमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको भरतपुरमा उपचार भइरहेको छ ।

Loading...