कतै कातमार कतै शस्त्र परित्याग दिवस दसैँ

 

 

 

आश्विन ३१ काठमाडौँ । “सब्बे तसन्ति,सब्ये भयन्ति मच्चुनो ।उत्तानं उपमं कुत्वा-नहनेयेय न धतिया ।” पालि भाषामा लेखिएको बुध्द कालिन उपदेश
दण्ड देखेर सबै डराउछन्, मृत्युबात सबै भयभित हुन्छन् यसैले सबैलाई आफूसरह सम्झेर नमार । रहेको छ
भगवान बुद्धको येही संदेशलाइ आत्मसाथ गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिनको सम्झना गर्दै बौध्द धर्मावलम्बीहरुले दसैँलाइ लिने गर्दछ । महान सम्राट अशोक जसले सत्ता ,शक्ति र राज्य बिस्तारकोलागि ९९ जना दाजुभाईको समेत हत्या गरे पश्चात पश्चाताप गरि आश्विनशुक्ल दशमीका दिन शास्त्र परित्याग गरि सम्पूर्ण भारतीय उपमहाद्वीपवासी जनता र प्राणीलाई हिंसाको भयबात मुक्त गरेका थिए । येशु खिष्ट भन्दा तिन सताव्दीअगाडी अशोकले आफु सम्राट बन्नाकालागी कलिन्ग्को युध्दमा १ लाख भन्दा बढीको हत्या गरे भने डेढ लाख मानिसलाई कैदी बनाई  यातना दिएका थिए , त्योभन्दा बदी महाआतंक बाटै मृत्यु भएका थिए ।

भिक्षु कौण्डन्य भन्नु हुन्छ – तत् पश्चात् सम्राट अशोकले बुझे ,प्रणगरे ” रगतको टाटा रगतले धोएर कहिल्यौ मेटिन्न ” फलास्वोरूप उनले आफुलाई भगवान गौतम बुद्धले देखाएको मार्गमा दोहर्याए बुद्ध धर्ममा दीक्षित भइ विश्वो भर ८४ हजार बौध्द चैत्य निमाण गरि बुद्ध बचनलाई व्यापक बनाए । कपिल बस्तु स्थित लुम्बिनीमा निर्मित अशोक चैत्यका साथै चाबहिल ललितपुरका विभिन्न स्थानमा अश्वोक थुर उनैले निर्माण गराएका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

-नेपाल जात्रा सस्कृति बाट

Loading...