हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्रीयो । ( फोटो फिचर ,भिडियो सहित )

आश्विन ३० काठमाडौँ / विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती–शुभ साइतको प्रतीक फूलपाती काठमाडौँ हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती मंगलबार साँझ भित्र्याइएको छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्यायेका थिए ।
जमलबाट हनुमानढोकासम्म संस्कृतिमन्त्री रबिन्द्र शर्मा सांसद जीवनराम श्रेष्ठ सहित निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्रिएको हो ।

fulpati

fulpati

Posted by Nonstop Khabar on Tuesday, 16 October 2018

 

Loading...