गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट

जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको छ ।

यसरी कुटपिटको घटनामा जोडिएका सांसद हुन जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्र्रदेश सभा सदस्य गणेशबहादुर सिंह । सांसद सिंह जाजरकोटको दल्लीस्थित नलगाड क्याम्पस सञ्चालक समितिका अध्यक्ष पनि हुन । उनले आइतबार सोही क्याम्पसकै प्रमुख कालीबहादुर पुनमाथि मान्छे लगाएर हातपात गराएका हुन । क्याम्पस प्रमुख पुनले आफूमाथि अध्यक्ष तथा सांसद सिंहकै सामु एक दर्जनको संख्यामा आएको एक समूहले सांघातिक आक्रमण गरेको बताएका छन् ।

यसरी भयो क्याम्पस प्रमुख पुन माथि आक्रमण

सामुदायिक क्याम्पसको रुपमा ६ बर्ष अघि स्थापना भएको नलगाड बहुमुखी क्याम्पसको आइतबार सञ्चालक समितिको अनौपचारिक बैठक बसेको थियो । आइतबार नै सञ्चालक समितिको बैठक बस्ने भनिए पनि ११ जना सञ्चालक समिति सदस्य मध्ये ६ जना मात्र बैठकमा उपस्थित भए पछि फेरि सबैको उपस्थितिमा बैठक बसाल्ने भनेर अनौपचारिक बैठकमा भइरहेको थियो । त्यही बेला एकाएक सोही ठाउँमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय दल्लीका प्रमुख नारायणबहादुर सिंह १२, १३ जना केटाहरु ल्याएर क्याम्पस सञ्चालक समितिको बैठक स्थलमा प्रवेश गरे । यो घटनाको प्रत्यक्षदर्शीले जनाए अनुसार सोही स्थानमा रहेको उमाविका प्रमुख सिंह केहीबेरमै क्याम्पस प्रमुख पुनमाथि हातपात गर्न अघि बढे । त्यससँगै उनीसँगै गएका अरु मान्छेहरुले हातपात गरे । कुटपिटबाट क्याम्पस प्रमुख पुनलाई चोटपटक लागेको छ । क्याम्पस प्रमुख पुन माथि यसरी आँखै अगाडि हातपात हुँदासम्म पनि क्याम्पसका अध्यक्ष तथा सांसद सिंह भने केही नगरेर हेरेर बसे ।

आइतबार कुटपिटको घटना हुनु अघि केही समयदेखि सांसद सिंहले क्याम्पस प्रमुख पुनलाई केही नियुक्तिका लागि दवाव दिँदै आएका थिए । आइतबार बिहान पनि सांसद सिंहले उमेर हद गुज्रिएका कारण अनिवार्य अवकाश लगेका नारायणप्रसाद सिंहलाई क्याम्पसको कुनै दरवन्दीमा नियुक्त गर्न प्रस्ताव गरेका थिए । त्यसैगरी दोस्रो प्रस्तावका रुपमा सांसद सिंहले तिनै नारायण सिंहका भतिजा नविन सिंहलाई क्याम्पसको लेखापाल पदमा नियुक्ति गर्न दवाव दिएका थिए । तर, क्याम्पस प्रमुख पुनले भने उनले राखेको २ वटै प्रस्ताव आफूले गर्न नमिल्ने र सञ्चालक समितिको पूर्ण बैठकमा राख्न सुझाव दिए । सो क्रममा त्रिविको शिक्षा संकायमा आवद्ध भइ चलेको उक्त क्याम्पसमा नारायण सिंहका लागि विषय नभएको पुनले सांसद सिंहलाई जानकारी गराएका थिए । त्यस्तै उनका भतिजलाई पनि आफू एक्लै लेखापाल नियुक्त गर्न आफूले नसक्ने र त्यस्तो कुनै निर्णय गर्ने भए सञ्चालक समितिको पूर्ण बैठक बसाल्न पनि आग्रह गरेका थिए ।

यसरी सांसद सिंहले जुन मान्छेलाई क्याम्पसमा नियुक्त गराउन दवाव दिँदै आएका थिए, तिनै मान्छेहरु आएर दिउसो आक्रमण गरे । त्यो पनि सांसद सिंहकै आँखा अगाडि । आफ्नै आँखा अगाडि, क्याम्पस प्रमुखको कार्यकक्षमा कुटपिन हुनु तर सांसद सिंह त्यसबारे कुनै केही प्रतिक्रिया नदिनुले उनको सम्लग्नता स्पष्ट देखिने पीडितको भनाई छ ।

उक्त छलफलमा सहभागी एक सदस्यका अनुसार आफु अनुकूलको निर्णय नहुने भएपछि पुर्वप्रधानाध्यापक सिंहले क्याम्पस प्रमुखलाई विभिन्न लान्छाना तथा आरोप लगाउन थालेका थिए । क्याम्पस प्रमुख पुन माथि हातपात हुन थालेपछि उनी भागेर नजिकै रहेको इलाका प्रहरी कार्यालय दल्लीमा शरण लिन गएका थिए । क्याम्पस प्रमुखको ज्याकेट च्यातिएको छ ।

क्याम्पस प्रमुख पुनले हाम्रा प्रतिनिधिसँग कुराकानी गर्दै भने, मलाई शुरुमा नारायण सिंहले हातपात गरे लछारपछार गरे त्यसपछि उनका एक हुल केटाहरु आएर कुटपिट गरे लछारपछार गरेपछि भागेर ज्यान जोगाएँ । उनले भने ‘मलाइलाई हातपात गर्ने सिहलाई कारवाहीको माग गदै इलाका प्रहरी कार्यालय दल्लीमा निवेदन दिएको छु । तर प्रहरीले साँसदको दवावमा कुनै प्रक्रिया नै अघि बढाएन । निकै दुःख लागेको छ । कानुनी राज्यमा पनि ठुलाबडाकै चल्दोरहेछ ।’

सांसद सिंहले आफु भएकै अवस्थामा भएको उक्त घटना सार्वजनिक नगर्न क्याम्पस प्रमुख पुनलाई दवाव दिएको छन् । साँसद सिंहले कार्तिक ९ गते क्याम्पस संचालक समितिको बैठक बसेर विवाद टुङ्ग्याउने भन्दै क्याम्पस प्रमुखको निवेदन हाललाई कार्यान्वयन नगर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरी प्रशासन समेत कारवाहीबाट पछि हटेको छ । जिल्ला प्रहरी प्रमुख रविन्द्र सिंहले सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिए ।

उता यस विषयमा कुरा गर्न हाम्रा प्रतिनिधिले सांसद सिंहलाई पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । समाचार स्राेतका अनुसार सांसद सिंह हाललार्इ नारायण सिंहलार्इ क्याम्पसमा लेक्चरमा नियुक्त गर्ने र केही समयमा क्याम्पस प्रमुख पुनलार्इ हटाएर उनै नारायणलार्इ प्रमुख बनाउने दाउमा समेत लागेका थिए । केहीले उनले अहिले पारिवारिक राजनीति मात्र गर्न खाेजेकाे अाराेप पनि लगाएका छन । 

क्याम्पस प्रमुख पुनलार्इ यसअघि पनि नारायण सिंहले नै पदबाट हट्न दवाव दिँदै अाएका थिए । पुनलार्इ अरु केही व्यक्तिहरुले पनि पद नछाेडेमा रामधुलार्इ गर्ने चेतावनी दिँदै अाएका थिए । नारायण सिंहले पनि एकपटक ज्यान नै लिनेसम्मकाे चेतावनी दिएकाे पीडितकाे भनार्इ छ । नारायण सिंहले पुनलार्इ धम्की दिएकाे अडियाे रेकर्ड हामीलार्इ प्राप्त भएकाे छ । 

उमाविमा पनि यस्तै लफडा

क्याम्पसमा विवाद हुनु अघि दल्लीमै रहेकाे उच्च माध्यमिक विद्यालयमा पनि यस्तै लफडा चलेकाे थियाे । नारायण सिंह अनिवार्य अवकाश लिनुपर्ने अवस्थामा पुगे पनि पद छाेड्न मानेका थिएनन । अन्तिममा अनेक काेशिस गर्दा पनि अवकाश लिनुपर्ने भए पछि अाफ्ना भाइ ज्ञानेन्द्र सिंहलार्इ उमाविकाे प्रधानाध्यापक बनाएपछि मात्र उनले अवकाश लिए । 

रमार्इलाे त याे छ कि नारायणका भाइ ज्ञानेन्द्र त्यसअघि विद्यालयकाे स्राेत व्यक्ति (अारपी) थिए । स्राेत व्यक्ति भइसकेकाे व्यक्ति उक्त पद छाेडेर विद्यालयकाे प्रधानाध्यापक पद खान किन अाए भन्ने प्रश्न पनि उठेकाे छ । 

स्राेतका अनुसार नलसिंहगाड जलविद्युत अायाेजनाले मुअाब्जा वापत दिएकाे रकम मध्ये विद्यालयले चार कराेड रकम पाएकाे छ । अहिले उक्त चार कराेड रकम विद्यालयकाे खातामै रहेकाे बताइन्छ । त्याे चारकराेड रकममा धेरैकाे ध्यान गएकाे देखिन्छ । त्यही चार कराेडमा उनीहरुकाे पनि ध्यान गएकाे केेहीकाे अाशंका छ । 

 

 

Loading...