भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य

काष्ठमण्डप पुनःनिर्माण समितिलाई महानगरद्धारा थप ५ करोड प्रदान

आश्विन २७ , काठमाडौं । संघीय राजधानी समेत रहेको एेतिहासिक साँस्कृतिक नगरी काठमाडौँ हनुमानढोका लगाएतका क्षेत्रमा बि. स २०७२ सालको विनाशकारी भुकम्पले क्षेती भएका सम्पूर्ण सम्पदाको पुननिर्माण काठमाडौँ महानगर पालिकाले गर्ने भएको छ ।
हनुमानढोका दरवार संरक्षण कार्यक्रमले महाबिनाशकारी भुकम्पले क्षति भएका सम्पदाहरुको पुननिर्माण /जिर्णोद्वार कार्येक्रम आवद्द चारैवटा वडाहरुमा संचालित विकाश निर्माणका कार्यहरु बारे जानकारी गराउन शनिवार आयोजना गरेको एक कार्यक्रममा भत्किएका सम्पदा पुननिर्माण महानगरलेनै बनाउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको लागि काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेशकाजी शाक्यलाई ५ करोडको चेक समेत हस्तान्तरण गर्नुभयो ।
महानगको १८ करोड अनुमानित लागत रहेको काष्ठमण्डप पुननिर्माणका लागि यस अघि महानगरले गत जेठ २९ गते ५० लाख रुपियाँ उपलव्ध गराएको थियो । महानगरको नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपको पुरानै स्वरुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य शाक्य नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएको थियो । आगामी असार मसान्त सम्म पहिलो तल्ल निर्माण गर्ने लक्ष्य सहित समितिले काष्ठमण्डप पुनर्निर्माणको आैपचारिक शुरुवात् नेपाल सम्बत् ११३९ नयाँवर्ष शुभारम्भको दिन (कार्तिक २२) बाट गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिको घोषणा गरेको छ ।
त्यसै गरि सोक्षेत्रको मुख्य आकर्षण रहेको मजुदेगल पुननिर्माण कार्यकालागि वोलापत्र आव्हान भएकोमा पवन जे.भि को वोलापत्र स्वीकृत भएको तथा सो निर्माण व्यबसायीसंग सम्झौता हुने क्रममा रहेको मेयर शाक्यले बताउनु भयो ।

विश्वो सम्पदा सुचिमा रहेको स्मारकहरु महानगर भित्रका भित्रि सहरमा १९ ,२० , २३ र २४ वडा रहेका छन् । त्यसको व्यबस्थापनको लागि महानगरपालिकाले एक छुटै स्वायत्त कार्येक्रमको रुपमा ‘ हनुमान ढोका संरक्षण कार्येक्रम ‘ संचालमा रहेको छ ।

Loading...