स्वथ्यकर मासुमा उपभोक्ता अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर संग सहकार्य गर्न आग्रह

   असोज २३, काठमाडौँ । मासु तथा मासुजन्य ब्यबसाय आवद्द ब्यबसायीले जनतामा स्वथ्यकर गुणस्तर मासु उपभोक्ताको अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर पालिकालाई सगयोग र सहकार्य गर्न आग्रह गरेको छ । व्यबसायिक हक,हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै व्यवसायीले महानगरले समेत सम्पूर्ण पक्ष्यको सहभागिता र समन्वय अनिवार्य रहने भन्दै मंगलबार महानगर उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ समक्ष ज्ञपन पत्र बुझाएको छ ।
व्यवसायीहरुको चाहना हुदाहुदै पनि कामपा र आफुहरु बीच साझेदारी ,समन्वयको अभाव देखिएकोले त्येसलाई सुधार्नु पर्ने धारना राख्दै नेपाल खड्गी सेवा समितिका सरक्षक मनोज नेवा खड्गीले आम उपभोक्ताको चाहनाबमोजिम स्वस्थ्यकर मासु उत्पादनका लागि व्यबसायी र महानगरले हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प नभएको सुनाएका थिए । उपप्रमुख खड्गीले एस बिषयमा उपत्येकाको अन्य महानगर ,नगरपालिका संग छिटै छलफल गरि ब्यबसायी संग सहकारी गर्दै कार्यन्वयन गर्ने बतानु भयो ।
व्यबसायी समुहले –
१- बधशाला /बधस्थल निर्माण ,संचालन र व्येबस्थापन
२- बधशाला / बधस्थलको सुधार
३- मसु जाँचको लागि तालिम र प्रयोगशाला
४- पूर्वाधार निर्माण तथा तालिम
५- जनचेतना तथा तालिम
६- ब्यबस्थित मासुपसल
७- चौपाया व्यबस्थापना केन्द्र
कार्यमा महानगरले भूमिका आवश्यक रहेको बताएको छ ।
काठमाडौँ उपत्यकाभित्र सरकारले १ अर्व ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला निर्माण गरेकाे छ । तर, त्यत्राे ठूलाे रकम खर्च गरेर बनाएका बधशाला भने प्रयाेगविहीन भएकाे व्यवसायीकाे भनार्इ छ । व्यवसायीले याे बालुवामा पानी हालेकाे जस्ताे भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण पनि गराएका थिए । सरकारले बनाएका बधशाला प्रयाेगविहीन रहेकाे र अव्यबस्थित वधशालामा उत्पादित मासु बजारमा बिक्रीका लागि राखिएकाे भन्दै व्यवसायीले त्याे मासु स्वच्छ सफा रहे नरहेको भन्ने समेत कुनै ध्यान नदिएकाे बताए ।
महानगर पालिकाको ध्यान आकर्षणमा पशु वधशाला व्यवसाय संघ, चौपाया खरिद बिक्री सेवा संघ, नेपाल खड्गी सेवा समिति, वंगुर ब्यवसायी संघ नेपाल, राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघ थिए ।

Loading...