चापागाईंको नियात्रा ‘पानीको भाषा’ लोकार्पित

काठमाडौँ, ७ साउन । साहित्यकार पोषरमण चापागाईंको नियात्रा सङ्ग्रह ‘पानीको भाषा’ को यहाँ आज लोकार्पण गरियो ।

साहित्य सन्ध्याको मासिक शृङ्खलामा साहित्यकार प्रदीप नेपाल र साहित्यकार राम विनयले सो कृतिको लोकार्पण गरेका हुन् । साहित्यकार नेपालले नियात्राकारहरुका आफ्ना विशेषता हुने बताउँदै चापागाईंमा एकै नियात्रामा धैरै स्थानको वर्णन पाइने बताए ।

समालोचक निनु चापागाईंले पोषरमणले यसअघि डेढ दर्जन पुस्तक लेखेर प्रगतिशील साहित्यिक क्षेत्रलाई योगदान दिएको भन्दै ‘पानीको भाषा’ पठनीय भएको बताए ।

समालोचक डा देवीप्रसाद सुवेदीले एकै नियात्रामा धेरै स्थानभन्दा खास स्थानको यात्रा वर्णन गरिँदा पाठकलाई सूचना र ज्ञान मिल्ने टिप्पणी गरे ।

कार्यक्रममा मुकुन्द न्यौपाने, रमेश पोखरेल, असिम सागर, यशोदा अधिकारी, गोविन्द शर्मा, प्रमोद स्नेही, पञ्चकुमारी परियार, बालकवि प्रयत्ना सिलवाललगायतले कविता वाचन गरेका थिए ।

Loading...