शमशेरगञ्जमा तीब्र गतिमा कुदिरहेका माइक्रो र ट्रक ठोक्किदा ६ जनाको मृत्यु

बाँके, २० भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके शमशेरगञ्जमा मार्इक्राेबस र ट्रक एकअापसमा ठाेक्किदा ६ जनाकाे मृत्यु भएकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किएका हुन । प्रारम्भिक अध्ययनमा तीब्र गतिका कारण याे दुर्घटना भएकाे थाहा हुन अाएकाे शमशेरगञ्ज प्रहरीले जानकारी दिएकाे छ । 

दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको माइक्रो र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

Loading...