एसिड आक्रमण विरुद्ध बनेको चलचित्रमा दीपीका पादुकोण

एजेन्सी । संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न । यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ ।

तर यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल हिंसाको मात्र नभएर ताकत, साहस, आशा र जीतको कहानी हो । लक्ष्मीको कहानीले मलाई धेरै प्रभावित पार्यो र म यो चलचित्रका लागि तयार भए ।’

लक्ष्मीले आफ्नो शरीरमा एसिड आक्रमणको घटनापछि पनि हिम्मत हारिनन् । उनी हाल ‘स्टप एसिड अट्याक’ नामको अभियान चलाउछिन् ।

उनी यो कार्यक्रमकी संस्थापक हुन भने साथमा एक छोरीकी आमा पनि ।

Loading...