पाँच किलो सुनसहित एक व्यक्ति गिरफ्तार

काठमाडाैं, १७ असाेज । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त लामाका अनुसार बालाजुको तीनपिप्ले भन्ने स्थानबाट पाँच किलो सुन बरामद गरिएको हो ।

उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान गरिएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

Loading...