नेकपा नेता जीवन्त र गम्भीर रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । यो पाँचौं रिट हो ।

रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो । रिहा भएलगत्तै दुवै नेताहरुलाई नेकपा कार्यकर्ताले अबिर र खादा लगाएर स्वागत गरेका छन् ।

दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो ।

यसअघि पार्टीका प्रवक्ता प्रकाण्ड, नेतृ उमा भुजेल र आजाद केसी सर्वोच्वको आदेशमा रिहा भइसकेका छन् ।

Loading...