अनुगमनको नाममा दुःख दिने गरेको मासु व्यवसायीको गुनासो

एक अर्व ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला बालुवामा पानी

काठमाडौँ, १६ असाेज । अनुगमनको नाममा सरकारले आफूहरुलाई दुःख दिएको भन्दै मासु व्यवसायीहरुले अापत्ती जनाएका छन् । सरकारबाट दु:ख पाएकाे भन्दै व्यवसायीहरुले अाज एक अन्तरक्रिया समेत गरेका छन् । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ‘स्वच्छ मासु र चाडपर्व’ विषयक अन्तरक्रिया गरिएको हो ।

सरकाले अरुबेलामा जनतालाई स्वच्छ मासु कसरी उपलव्ध गराउने भन्ने बारेमा सहकार्य नगर्ने तर चाडपर्वमा भने अनुगमनका नाममा दु:ख दिने गरेकाे र अातंकित पार्ने गरेकाे भन्दै व्यवसायीले अापत्ती जनाए । जनतालाई स्वस्थकर मासु उपलव्ध गराउन आफुहरु हरदम प्रयास गरिरहँदा पनि पशुपंक्षी विकास मन्त्रालय, वाणिज्य, आपूर्ति मन्त्रालयले कुनै सहयाेग र सहकार्य नगरेको व्यवसायीकाे भनाइ थियाे । जसका कारण याे व्यवसायमा सुनिश्चितता समेत नरहेको बताउँदै सरकारले नै अव्यवस्थित बनाउन भूमिका खेलेकाे उनीहरुले बताए ।

काठमाडौँ उपत्यकाभित्र सरकारले १ अर्व ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला निर्माण गरेकाे छ । तर, त्यत्राे ठूलाे रकम खर्च गरेर बनाएका बधशाला भने प्रयाेगविहीन भएकाे व्यवसायीकाे भनार्इ छ । व्यवसायीले याे बालुवामा पानी हालेकाे जस्ताे भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण पनि गराए । सरकारले बनाएका बधशाला प्रयाेगविहीन रहेकाे र अव्यबस्थित वधशालामा उत्पादित मासु बजारमा बिक्रीका लागि राखिएकाे भन्दै व्यवसायीले त्याे मासु स्वच्छ सफा रहे नरहेको भन्ने समेत कुनै ध्यान नदिएकाे बताए । 

अन्तरक्रिया कार्यक्रम आयोजक पशु वधशाला व्यवसाय संघ, चौपाया खरिद बिक्री सेवा संघ, नेपाल खड्गी सेवा समिति, वंगुर ब्यवसायी संघ नेपाल, राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघ आवद्ध व्यवसायीकाे सहभागिता रहेकाे थियाे । उनीहरुले स्वदेशमा नै रोजगारीको अवसर हुँदाहुँदै पशुपालनमा सरकारले ध्यान नदिँदा बार्षिक छिमेकी देश भारतमा मात्र ८ देखि १२ अर्ब बाहिरिने गरेको बताए । याे अाँकडा अझै गहिराेगरी अध्ययन गरेमा  अझ बढने बताउँदै असमान भन्सार नीति, यातायात, ढुवानी लगायतका कारण लागत समेतमा महङ्गोमा बिक्री गनुपर्ने बताए । 

Loading...