नेपाल किड््स फेशन रनवे २०१८मा ओभिया र यकिनले जिते उपाधी

  असोज १४ काठमाडौं / नेपाल किड््स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन्् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने ।
रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको साथमा भ्यूअर्ज च्वाइस अवार्डको साथमा बेस्ट डान्सरको पुरस्कार समेत जितिन्् । त्यसैगरी यकिन अर्यालले पनि ब्वाइजतर्फको उपाधीको साथमा बेस्ट ट््यालेन्ट पनि हात पारे । उपाधी विजेता ओभियालाई आयोजकको तर्फबाट रेडियन्टका फाउन्डर डाइरेक्टर साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैजु, कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुको साथमा किड््स अफ द इयर २०१८ का विजेता संचिता राना मगर र मिसेज डिभा इन्टरनेशनल सरिता शर्माले ताज पहि¥याइ दिए । त्यसैगरी यकिनलाई पनि राज फैजु र श्रीषा वैदार फैजुको साथमा किड््स अफ द इयर २०१८मा ब्वाइजतर्फका विजेता विपिन खड््का र पाण्डव मिडियाका डाइरेक्टर हेमराज सन्तोष खनालले उपाधीको टोपी लगाइदिए ।
प्रतियोगीतामा ब्वाइजतर्फ संस्कृत गिरी दोश्रो भए । गिरीले बेस्ट इनर्जेटिक पनि हात पारे । गल्र्सतर्फ भने दोश्रो भएकी सिम्रन प्रसाईंले मोस्ट एट्र्याक्टिभको टाइटल पनि जिते । तेश्रो स्थानमा ब्वाइजतर्फ नमन मोदी र गल्र्सतर्फ स्लेसा शाक्य परे । नमनले ब्वाइजतर्फको भ्युअर्ज च्वाइस र बेस्ट ड्रेस पनि जिते । स्लेसाले पनि बेस्ट वाक पनि जितेकी थिइन्् । प्रतियोगीतामा जम्मा ३२ जना बालबालिकाहरुको सहभागीता रहेको थियो ।
प्रतियोगीताका विजेताहरुले अब विदेशमा अन्तर्राष्टिय प्रतिस्पर्धामा स्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय स्पर्धाका लागी विजेताहरुलाई सोही अनुसार तयार गरिने इन्टरनेशनल कोरीयोग्राफर फैजुले बताउनुभयो । ‘यो प्रतियोगीताको लागी पनि प्रतियोगी भाईबहिनीहरुलाई अन्तर्राष्ट्रिय स्तरकै तालीम दिएको थिएँ, अब विजेताहरुलाई अब फेरी अन्तर्राष्ट्रिय उपाधीकै लागी तयार गरिनेछ’ फैजुको भनाइ थियो । यसभन्दा अघि, रेडियन्टबाटै सम्पन्न लिटिल प्रिन्सेजको उपाधी विजेता सैब्या घिमिरेले भारतमा सम्पन्न प्रतियोगीतामा पनि उपाधी जितिसकेकी छन्् ।
शुक्रबार सम्पन्न प्रतियोगीतामा निर्णायक मण्डलले दिएको अंकको आधारमा विजेता छनौट गरिएको थियो । निर्णायक मण्डलमा गायक पुन्यम प्रधान, गायक साथै कलाकार यमन श्रेष्ठ, चलचित्र कलाकार सुनिता ठाकुर श्रेष्ठ, कान्तिपुर दैनिकका स्पोर्ट््स र उपत्यका ब्युरो प्रमुख हिमेश बज्राचार्य, सिनेमाटोग्राफर साथै नेवाः फिल्म सोसाईटीका अध्यक्ष लुःजः सिंह थिए ।
कार्यक्रममा कोरीयोग्राफी रेडियन्टका फाउन्डर डाइरेक्टर साथमा ईन्टरनेशनल कोरीयोग्राफर राज फैजुले गरेका थिए भने फेसन डिजाइनर श्रीषाको डिजाइन रहेको थियो ।

Loading...