बार्सिलोना ला लिगामा शिर्ष स्थानमा कम गोल गरेका कारण रियल दोस्रो

स्पेनिस ला लिगामा बार्सिलाेनाले अाफ्नाे शिर्ष स्थान कायमै राखेकाे छ । एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिए पनि गाेल संख्याका अाधारमा बार्सिलोनाले शीर्ष स्थान कायमै रहेकाे छ ।

बार्सिलाेनाकाे १४ अंक छ भने रियल म्याड्रिडकाे पनि १४ अंक नै छ । तर, रियल म्याड्रिडकाे अंक बार्साकै बराबर अर्थात १४ भए पनि बार्सिलाेनाभन्दा कम गाेल गरेकाे छ । त्यसैले बार्सिलाेनाकाे चरिपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड दाेस्राे स्थानमा परेकाे हाे ।

शनिवार भएकाे खेलमा बार्सिलाेनाले एथ्लेटिकाे बिल्बाअाेसँग १-१ काे बराबरीमा अंक बाँडेकाे थियाे । उता रियल म्याड्रिडले भने गाेलरहित बराबरीमा खेल टुङ्ग्यायाे । बार्सा र भ्रमणकारी टोली बिल्बाओकाे खेलकाे पहिलो हाफमा नै बिल्बाअाेका लागि ओस्कार डी मार्कोसको गोल गरे । उनकाे गाेलबाट सुरुवाती अग्रता लिएको बिल्बाअाेले त्यसपछि अर्काे गाेल थप्न सकेन । पहिलाे हाफमा १ गाेलले पछि परेकाे बार्साले दाेस्राे हाफमा एक गाेल गरेर खेललार्इ बराबरीमा ल्यायाे । बार्साका लागि दाेस्राे हाफमा परिवर्तित खेलाडी मुनिर इल हडाडीले बराबरी गोल फर्काएका हुन्।

ला लिगामा एथ्लेटिको १२ अंकका साथ चाैथाे स्थानमा छ । बार्सिलोनासँग बराबरी खेलेको सेभिया १३ अंकका साथ तेस्रो स्थानमा छ। दोस्रो खेलमा जित हात पार्न असफल भएसँगै रियल म्याड्रिडले लालिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

Loading...