दशअवतार नदेखाइएकाे बारे नेवा पत्रकार समुहको चासो

किन पत्रकार सामु उपस्थित भएन दशअवतार गुठी र ईन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष ? प्रदेश सभाका सांसद संग व्यबस्थापनमा आवद्द कलाकार पक्ष, अभियन्ता र पत्रकारहरुबीच छलफल ,

                                                                                                                                                            फोटो -शनिल शाही

   आश्विन १२ ,काठमाडौँ / नेवा पत्रकार समूहले इतिहास र मौलिक परम्परामा चासो राख्दै ईन्द्रजात्राको अवधिमा देखिने दशअवतार सम्बन्धमा विहिबार काठमाडौंमा छलफल सम्पन्न भएको छ । प्रदेश सभाका सांसद राजेश शाक्यको उपस्थितीमा दशअवतार व्यबस्थापनमा आवद्द कलाकार पक्ष, अभियन्ता र पत्रकारहरुबीच छलफल भएको हो ।

नेवा पत्रकार समूह नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाको आयोजनामा भएको छलफलमा दशअवतार कलाकारहरुले क्षेत्र नम्बर ३ का सभासद् राजेश शाक्यलाई दशअवतारमा विद्यमान विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए । छलफलमा दशअवतारका कलाकार राजन शाहिले ईन्द्रजात्राको दशअवतारमा कलाकारको पारिश्रमिक, श्रृङ्गार सामग्री, पोशाक आदिको सुरक्षित भण्डारण आदि समस्याको बारेमा बताए ।

येँया (इन्द्रजात्रा )अवधिभर आठ दिन लगातार काठमाडौँ हनुमानढोका गद्दिबैथक अगाडी त्रैलोक्य नारायण देगलमा देखिने दशवतार अन्तरिक समस्याका कारण रोकिएकोमा शाहीले तेश्रो र पाँचौ दिन प्रदर्शन हुन नसकेको कारणबारे पनि सांसद शाक्यलाई जानकारी गराए ।
सम्पूर्ण समस्याको बारेमा जानकारी लिइसकेर सांसद शाक्यले दशअवतारमा विद्यमान सम्पूर्ण समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने विचार राख्नुभयो । पत्रकार दबू, काठमाडौं जिल्लाले यसमा थालेको पहललाई निरन्तर अगाडि बढाउन पनि शाक्यले अनुरोध गर्नुभयो ।

दशअवतारको दीर्घकालीन व्यवस्थापनका लागी आफुले सक्दो पहल गर्ने प्रतिवद्धता पनि शाक्यले व्यक्त गर्नुभयो । दशैं लगत्तै दशअवतारको दस्तावेजीकरण काम थालिने पनि शाक्यले भन्नुभयो । सरोकारवाला पक्षहरुसँगको छलफलसँगै दशअवतार दस्तावेजीकरणका लागी पहल गर्न पनि शाक्यले जिल्लालाई अनुरोध गर्नुभयो ।

छलफलमा दशअवतार गुठी र ईन्द्रजात्रा व्यवस्थापन समितिबाट भने उपस्थिती थिएन । उपस्थिती नहुनुको कारणबारे संचारकर्मीको प्रश्नमा कार्यक्रममा गुठीका अध्यक्ष साथै समितिका अध्यक्षलाई पनि निमन्त्रण गरिएको तर उहाँहरु उपस्थित नभएको आयोजकले बताएको छ ।

Loading...