पाकिस्तानलाई हराउँदै बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं ।

पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो ।

खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले ६० रनको योगदान दिए ।

बलिङतर्फ पाकिस्तानका जुनेद खानले ४ विकेट लिए । जवाफमा २ सय ४० रनको चुनौती पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका ईमाम उल हकले ८३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक पारी खेल्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्तफिजुर रहमानले ४ विकेट लिए । यो जितसँगै बंगलादेशले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको छ । दुबाईमा जारी प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

२०७५ असोज ११ मा प्रकाशित ।

Loading...