मलेसियामा ४७ जना श्रमिक नेपाली पक्राउ, यस्तो छ कारण

काठमाडौं ।मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् ।

अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तर्गत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए ।

मलेसियाले अवैधानिक कामदारका लागि पटकपटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि पक्राउ गर्ने अभियान चलाएको हो । मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटकपटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिए ।

मलेसिया सरकारले आह्वान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उनले बताए ।
गोरखापत्र दैनिकमा खबर छ ।

Loading...